IME Life New

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद पुनर्गठन, विष्णु पौडेल बने अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो नेतृत्वको मन्त्रिपरिषद पुनःगठन गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल नवगठित मन्त्रिपरिषदको अर्थमन्त्रीमा नियुक्त भएका छन् । आज अर्थमन्त्रीमा नियुक्त भएका पौडेले यसअघि २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । उनी अर्थतन्त्रका विषयमा कमजोर व्यक्ति मानिन्छन् । राष्ट्र कार्यालयले केहीबेर अघि सूचना सार्वजनिक गर्दै प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद पुनःगठन गरेको उल्लेख छ ।

पौडेले सहित दुई जना नयाँ अनुहार थपिएका छन् । त्यस्तै शहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठ नियुक्त भएका छन् भने पार्वत गुरुङ सञ्चार मन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रिय सभाको सदस्यबाट हटेपछि तत्कालिन सूचना सञ्चार तथा अर्थमन्त्री डा. युवराज खतिवडाले गत भदौं २० गते पदबाट राजिनामा दिएपछि अर्थमन्त्रालय रिक्त थियो भने शहरी विकास उपेन्द्र यादव नेतृत्व दलले सरकार छोडेपछि रिक्त थियो ।

Esewa
Crest

सञ्चार मन्त्रीमा नियुक्त भएका पार्वत गुरुङ यसअघि महिला बालबालिका मन्त्री थिए । उनको ठाउँमा प्रचण्डलाई सिराहामा निर्वाचन हराएर पनि धाँधलीपूर्वक सांसद बन्न बञ्चित भएका लिला श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्री बनाएर गुरुङलाई सञ्चार मन्त्री बनाइएको हो । शहरी विकास मन्त्री बनेका कृष्ण गोपाल श्रेष्ठ काठमाडौंका रैथाने नेता हुन् ।

पुनर्गठित मन्त्रिपरिषदमा रक्षामन्त्री ईश्वर पोखरेलको मन्त्रालय खोसिएको छ । उनी अब बिना विभागीय मन्त्री बनेका छन् । उनलाई प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयबाट जारी सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS