IME Life New

स्वास्थ्यकर्मी–सुरक्षाकर्मीको कोरोनाको उपचार खर्च कोरोना बीमा दावी भुक्तानीमा कट्टा गर्ने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना बीमा गरेका बीमितले पाउने बीमा दावी भुक्तानीमा आंशिक रुपमा हस्तक्षेप गर्ने सरकारले निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना बीमाको उपचार खर्च तथा परिक्षण निःशुल्क गरिएका समुहका सदस्यहरुले कोरोना बीमा गरेको भए, सो बापतको खर्च बीमा कम्पनीबाट असुल गर्ने निर्णय गरिएको हो ।

नेपाल सरकार मन्त्रिपरिषदको असोज १९ गते बसेको बैठकले गरेको निर्णयको आधारमा यस्तो निर्णय गरिएको प्रबक्ता तथा प्रसुति अस्पतालका प्रमुख गौतमले जानकारी दिए । प्रबक्ता गौतमका अनुसार आर्थिक रुपमा बिपन्न, असहाय, अपाङ्गता भएका व्यक्तिहरु, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाई कर्मचारीको सरकारले निःशुल्क रुपमा कोरोना भाइरसबाट हुने रोगको उपचार गर्ने र त्यस्तो समुहभित्रकाले कुनै पनि बीमा कम्पनीमा कोरोना बीमा गरेको भए, बीमा बापत प्राप्त हुने दावी भुक्तानी उपचार तथा परिक्षण रकम बराबर सरकारले लिने निर्णय गरिएको हो ।

Esewa
Crest

सरकारले उपचार खर्च व्यहोर्ने बाहेकका समुहका उपचार खर्च बाहेकको रकम भने सम्बन्धीत बिरामीले नै पाउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS