Connect IPS
IME Life

बैंक, बीमा कम्पनीमा कोरोनाको आतंक, दर्जनौं शाखाहरु बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना भाइरसको संक्रमणको कारण राजधानी काठमाडौंमा रहेको बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुमा आतंक नै मच्चिएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि विभिन्न बैंकका दर्जनौं शाखा कार्यालयहरु बन्द गरिएका छन् । त्यस्तै बीमा कम्पनीहरुको थुप्रै शाखा कार्यालयहरु बन्द गरिएका छन् ।

राजधानी काठमाडौंमा कोरोना भाइरसको संत्रमण बढ्दै जाँदा बाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीका शाखा कार्यालयहरु प्रभावित भएका छन् । ग्लोबल आईएमई, प्राईम, सेन्चुरी, सांग्रिला विकास बैंकका थुप्रै शाखा कार्यालय बन्द भएका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त अनौपचारिक तथ्याङ्क अनुसार करिब पाँच हजार बैंकका कर्मचारीहरु कोरोना भाइरसको संक्रमणमा परेका छन् ।

Prabhu
Crest

दशैंमा बैंकका शाखा कार्यालयहरुमा सर्वसाधारणको चाप बढ्दै गइरहेको छ भने कोरोनाको कारण बैंकका शाखा कार्यालयहरु भने घट्ने क्रममा रहेका छन् । शाखा कार्यालयहरु बन्द हुँदा सर्वसाधारण दैनिक घण्टौ लाइन बस्न बाध्य हुँदै आएका छन् । मंगलबारदेखि कतिपय एटिएम बुथहरुमा समेत लाइन देखिएको छ ।

यता, बीमा कम्पनीहरुमा पनि कोरोना भाइरसको प्रकोप बढिरहेको छ । केही सिईओसहित सयौं कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित भएको पाइएकोे छ । त्यस्तै, कोरोना संक्रमणपछि बन्द गरिएको बीमा समिति गत आइतबारदेखि खुल्ला गरिएको भएपनि आंशिक रुपमा मात्रै काम भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS