Connect IPS
IME Life

सानिमा जनरलको आईपिओ दशैं अघि नै बाँडफाँड हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपिओ दशैं अघि नै बाँडफाँड सम्पन्न गर्ने गरी काम भइरहेको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको ३० लाख कित्ता आईपिओमा झण्डै नौ लाख जनाको आवेदन परेको छ । यद्यपि बैंकहरुबाट अन्तिम प्रमाणिकरण हुन बाँकी रहेकोले औपचारिक तथ्याङ्क भने आउन बाँकी छ ।

सानिमा लाईफले निष्काशन गरेको आईपिओको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका सिईओ रामेन्द्र रायमाझीले दशैं अघिसम्म आईपिओ बाँडफाँड गरिसक्ने गरी काम भइरहेको बताए । रायमाझीले बैंकबाट अन्तिम तथ्याङ्क आउन बाँकी रहेको तथा नियामिक निकायबाट अनुमति लिनुपर्ने लगायतका कामहरु बाँकी रहेको तर तीव्र गतिमा काम भइरहेकोले दशैं अघि बाँडफाँड सम्पन्न हुने जनाए ।

Prabhu
Crest

एनआईसी एसिया क्यापिटलले सकेसम्म चाँडै आईपिओ बाँडफाँड गर्न प्रयत्न गरिने जनाएको छ । कम्पनीका अनुसार दोहोरो परेकाहरुको आवेदन छनौट गरी अन्तिम सूचि तयार भएपछि आईपिओ बाँडफाँड गरिने छ । गोला प्रथाबाट बाँडफाँड गरी दुई लाख ७३ हजार जनालाई १० कित्ताको दरले शेयर वितरण हुनेछ भने करिब साढे छ लाख आवेदकको हात रित्तो हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS