IME Life New

दशैंमा जनताले नयाँ नोट पाउने, राष्ट्र बैंकले भने वितरण नगर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष नयाँ नोट वितरण नगर्ने भएको छ । तर जनताले भने दशैं मनाउन नयाँ नोट पाउने छन् । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको सुचना अनुसार यस वर्ष विगतमा जस्तै लाईन लगाएर नयाँ नोट वितरण गरिने छैन ।

नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टले भने, ‘कोभिड–१९ का कारण लाइन लगाएर दशैंमा नयाँ नोट वितरण गर्ने अवस्था छैन ।’ राष्ट्र बैंकले जनतालाई नोट साट्ने।नसाट्नेबारे प्रष्ट पार्न आइतबार सूचना जारी गरेर स्पष्ट पारिएको जनाएकोछ । राष्ट्र बैंकद्वारा जारी सुचनामा भनिएको छ, ‘हाल यस बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा समेत संक्रमण निकै फैलिएको र सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलन सक्ने सम्भावना उच्च भएको परिप्रेक्ष्यमा आम नेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनै पनि कार्यालयहरुबाट यस वर्षको बडा दशैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Esewa
Crest

नेपाल राष्ट्र बैंकले सूचनामार्फत स्पष्ट रुपमा दशैंमा नयाँ नोट सटही नगर्ने भने पनि यस वर्ष जनताले भने नयाँ नोट पाउने राष्ट्र बैंक स्रोतले जनाएको छ । राष्ट्र बैंक स्रोतका अनुसार नियमित प्रक्रिया अनुसार बैंकमा नयाँ नोट मिसिएर जानेछन् । लाइन लगाएर नयाँ नोट नसाटे पनि केन्द्रीय बैंकले नयाँ नोट बैंकहरुमा भने पठाउनेछ । केन्द्रीय बैंकले पठाएको नोट बैंकहरुले बैंकिङ कारोबारको क्रममा जनताले पाउनेछन् ।

राष्ट्र बैंक स्रोतले भन्यो, प्रायः सबै एटिएमहरुमा नयाँ नोट हुनेछन् भने बैंकमा चेक साटेर नगद लिनेहरुले पनि नयाँ नोट पाउन सक्नेछन् ।
राष्ट्र बैंकका प्रबक्ता भट्टले बैंकमा नियमित नोट प्रवाह हुने क्रममा नयाँ नोटहरु मिसाएर बजारमा प्रवाह हुने बताए । राष्ट्र बैंकसँग दशैंमा वितरण गर्नको लागि ठूलो मात्रामा नयाँ नोट मौज्दात छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS