Connect IPS
IME Life

सानिमा जनरल इन्स्योरेन्सको आईपिओमा झण्डै नौ लाखले दिए आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कूल ३० लाख कित्ताको लागि आईपिओ निष्काशन गरेको सानिमा जनरल इनस्योरेन्स कम्पनीको आईपिओमा झण्डै नौ लाख जनाकोआवेदन परेको छ ।

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार आठ लाख ८२ हजार ७०३ जनाले आवेदन दिएका छन् । कूल आवेदकको संख्या अझै थप हुनेछ । आश्वास सदस्यता प्राप्त बैंकबाट समेत शेयर आवेदन भर्न मिल्ने हुँदा अन्तिम तथ्याङ्क भोलिसम्म प्राप्त हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीका अनुसार आज अपरान्ह पाँच बजेसम्म एक करोड ८९ लाख ७६ हजार ६० कित्ताको आवेदन पर्दा एक अर्ब ८९ करोड ७५ लाख छ हजार रुपैयाँको आवेदन परेको छ । कम्पनीले कूल ३० करोड रुपैयाँको आईपिओको लागि आवेदन खुल्ला गरेको थियो ।

एनआईसी एसिया क्यापिटलका अनुसार कम्पनीमा कार्यरत कर्मचारीको लागि चार प्रतिशत र म्युचुअल फण्डका लागि पाँच प्रतिशत छुट्टाएर बाँकी रहेको २७ लाख ७३ हजार कित्ता शेयर आवेदकहरुलाई वितरण हुने छ । न्युनतम १० कित्ताको दरले वितरण गर्दा दुई लाख ७३ हजार नलो मात्रै शेयर पाउने छन् भने बाँकी करिब साढे छ लाख भन्दा बढिको हात खाली हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS