Connect IPS
IME Life

महामारीकै बीचमा धमाधम धितो लिलाम गर्दै बैंक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यही असोज १८ गते प्रकाशित नागरिक दैनिकमा कुमारी बैंक र मेगा बैंकले करिब आधा दर्जन ऋणीको धितो बन्धक राखिएको सम्पत्ति, घरजग्गा लिलाम गर्ने ३५ दिने सूचना निकाले । मोरङ व्यापार व्यवसाय गर्दै आएको युनिक ट्रेडर्स तथा व्यक्तिगत रुपमा ऋण लिएका अन्य छ जना ऋणीहरुको सम्पत्ति लिलाम गर्ने ३५ दिने म्याद दिइएकोे छ ।

त्यस्तै, गत असोज १३ गते नयाँ पत्रिकामा एनआईसी एसिया बैंक र सेन्चुरी बैंकले आफ्ना आधा दर्जन ऋणीहरुको सम्पत्ति लिलाम गर्ने सम्बन्धमा १५ दिने सूचना प्रकाशित गरेका छन् । उक्त सूचनाको म्याद गुज्रनै लागेको छ । सम्भवतः काठमाडौंको उत्तम क्रियशन बुटिक प्रालिका सञ्चालक उत्तम कुमार श्रेष्ठको नाममा झापा र मोरङमा रहेको तीन कित्ता जग्गा र उनको आई२० कार समेत समेत सेन्चुरी बैंकले खोस्नेछ । सोही दिन प्रकाशित एनआईसी एसिया बैंकको सूचना अनुसार ३५ दिनभित्र ऋण चुक्ता गर्न नआएमा राजन कुमार छाराहाङ र इन्दु थापा सञ्चालक रहेको बालबाटिका एकेडेमी विद्यालय, मोरङको नाममा रहेका सबै सम्पत्ति लिलाम हुनेछन् । त्यस्तै, सोही सूचनामा जनाइए अनुसार काठमाडौं चण्डोलकी लक्ष्मी कुमारी थापाको नाममा रहेको सुजुकी मारुती अल्टो कार लिलाम हुनेछ ।

Prabhu
Crest

यी माथिका घटनाहरु प्रतिनिधिमूलक मात्रै हुन् । आजभोलि प्रकाशित हुने दैनिक पत्रिकाहरुमा बैंकले आफ्ना ऋणीहरुको सम्पत्ति लिलाम गर्न यस्तै खालका सूचनाहरुले भरिएको देख्न पाउँछौं । करिब छ महिना लामो लकडाउनका कारण थला परेका उद्योगी व्यवसायीहरुलाई बैंकले अमानवीय तरिकाले ऋण उठाउन धितो बन्धकको रुपमा लेखिदिएको सम्पत्ति लिलाम गर्ने अस्त्र प्रयोग गर्न थालेका छन् । गत चैत्र १० गतेदेखि नेपालका प्रायः सबै विद्यालयहरु बन्द छन् । विद्यालय बन्द हुँदा शिक्षकको तलव र ऋणको सावा ब्याज तिर्न सक्ने कुरा भएन । सरकारले खोल्न अनुमति नै नदिएको विद्यालयको नाममा लिएको ऋण नतिरेको भन्दै बैंकहरुले सार्वजनिक सञ्चार माध्यममार्फत ताकेता गरिरहेका छन् ।

सरकारले कोभिडको प्रभावमा परेका उद्योगी व्यवसायको सम्पत्ति लिलाम नगर्ने निर्णय गरेपनि बैंकहरुले भने सम्पर्कमा नआएको भन्दै ऋणीहरुको धितो धमाधम लिलाम गर्ने सूचना निकाल्दै आएका छन् । ऋणीहरुको धितो लिलाम सम्बन्धी सूचना सम्बन्धित ऋणीकै ऋण रकममा थप गर्न पाउने हुँदा बैंकहरुले आफुखुशी ताकेता सूचना प्रकाशन गर्दै आएका हुन् । कोरोना महामारीका कारण प्रभावित उद्योगहरुलाई समेत बैंकले ऋण तिर्न ताकेता गरेको घट्नाले नेपालका बैंकिङ क्षेत्रमाथि अनैतिक भएको आरोप लाग्न थालेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS