Connect IPS
IME Life

ग्राहकको खाता लक्ष्मी बैंक आफैले बन्द गरेपछि….

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी बैंकले ग्राहकको खाता आफैले बन्द गरेको छ । ताप्लेजुङमा सिदिङ्मा शाखामा रहेको खाता बैंक आफैले बन्द गरिदिएको खुलेको छ । रोचक कुरा चाही के छ भने काठमाडौंको हात्तिसारमा रहेको मुख्य शाखा कार्यालयमा सेवाग्राही आफै उपस्थित भएर खोलेको खाता ०९३ कोड राखित ताप्लेजुङको सिदिङ्मा शाखामा पुर्याइएको थियो ।

दुई वर्ष अघि खोलिएको खाता बैंक आफैले हठात बन्द गरिदिएको पत्ता लागेको छ । बैंकको सिदिङ्मा शाखाका एक कर्मचारीले खाता बैंक आफैले बन्द गरेको स्वीकार गरेका छन् । सिदिङ्मा शाखाले दिएको जानकारी अनुसार खाता सञ्चालकले कारोबार नगरेको कारण उक्त खाता बन्द गरिएको जानकारी दिएका छन् ।

Prabhu
Crest

यता, पीडित (नाम गोप्य, खाता नं ०९३४८००७०….. ) ले भने बैंकले आफुखुशी खाता बन्द गरेर अन्याय गरेको गुनासो गरेका छन् । सामाजिक भत्ताको लागि खोलेको खाता नै बन्द भएपछि पीडितलाई सोही बैंकमा पुनः खाता खोल्न लगाइएको छ । सामाजिक भत्ता सरकारले बैंकमार्फत भुक्तानी गर्ने व्यवस्था गरेको र ताप्लेजुङको सिदिङ्मा गाउँपालिकाले सामाजिक भत्ता लिन लक्ष्मी बैंकमा खाता खोल्न अनिवार्य गरेकोले पुनः खाता खोल्नु पर्दा दोहोरो झन्झट व्यहोर्नु परेको र लकडाउनको समयमा बैंकको शाखा कार्यालयमा जान बाध्य भएको गुनासो गरेका छन् ।

नियम अनुसार बैंकले ग्राहकको खाता आफुखुशी बन्द गर्न पाउँदैनन् । खाता बन्द गर्नुअघि सञ्चालकको अनुमति लिन अनिवार्य छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS