IME Life New

दुई महिनाको नविकरण जीवन बीमा शुल्क १५ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्ममा १५ अर्ब ९४ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्ममा २० अर्ब ९६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छन् । सो मध्ये पाँच अर्ब प्रथम बीमा शुल्क छ भने झण्डै १६ अर्ब नविकरण बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् ।

भदौ महिनामा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ९ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानले यस अवधिसम्ममा तीन अर्ब ५६ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले भदौ मसान्तसम्ममा २ अर्ब १५ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, नेशनल लाइफले १ अर्ब २९ करोड रुपैयाँ, एशियन लाइफले ६२ करोड रुपैयाँ, मेट लाईफले ५६ करोड रुपैयाँ, यूनियन लाइफले ४७ करोड रुपैयाँ, प्राइम लाइफले ४६ करोड रुपैयाँ, सूर्या लाइफले ४१ करोड रुपैयाँ र गुँरास लाइफले ४१ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

सिटिजन लाइफले २० करोड रुपैयाँ, आइएमई लाइफले १७ करोड रुपैयाँ, ज्योति लाइफले १६ करोड रुपैयाँ, रिलायन्स लाइफले १४ करोड रुपैयाँ, सन नेपाल लाइफले १२ करोड रुपैयाँ, रिलायबल लाइफले १४ करोड रुपैयाँ, प्रभु लाइफले ८ करोड रुपैयाँ, सानिमा लाइफले ८ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ५ करोड रुपैयाँ नविकरण जीवन बीमाशुल्क आर्जन गरेको छ ।

Source : Beema Samiti

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS