IME Life New

जनरल इन्स्योरेन्सको आईपिओमा आवेदन दिनेको संख्या ७ लाख नजिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्सको आईपिओमा अहिलेसम्मको सबैभन्दा धेरै झण्डै ७ लाखको आवेदन परेको छ । यद्यपि आवेदन दिन अझै एक दिन बाँकी छ ।

जनरल इन्स्योरेन्स कम्पनीले जनाए अनुसार आज साँझसम्म कूल ६ लाख ८१ हजार ३ सय ७३ जनाले आवेदन दिएका छन् । हालसम्म कूल १ अर्ब ९१ करोड ६१ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड ९१ लाख ६१ हजार ९ सय ९० कित्ताका लागि आवेदन परेको छ । सो संख्या माग भन्दा ७ गुणा बढि आवेदन हो । यसअघि रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओमा सबैभन्दा बढि छ लाख १८ हजारको आवेदन परेको थियो ।

Esewa
Crest

कूल दुई लाख ७३ हजार जनाले १० कित्ताको दरले पाउने आईपिओमा झण्डै पाँच लाख मानिसको हात खाली हुने देखिएको छ । जनरल इन्स्योन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेकोमा कर्मचारी र म्युचुअल फण्डहरूलाई बाँढेर बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणले पाउनेछन् ।

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS