Connect IPS
IME Life

सानिमा लाईफ इन्स्योरेन्सको सिईओमा मुखिया नियुक्त, आजबाट सम्हाले कार्यभार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको सिईओमा अगम मुखिया नियुक्त भएका छन् । बीमा समितिबाट गत शुक्रबार अनुमति प्राप्त भएपछि हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले मुखियालाई चार वर्षको लागि सिईओमा नियुक्ती गर्ने निर्णय गरेको हो ।

मुखियाले आज विहान १०ः०० बजे सानिमा लाईफ इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा कार्यभार ग्रहण गरी औपचारिक रुपमा काम सुरु गरेका छन् । नेपाल लाईफ इन्स्योरेन्सबाट बीमा क्षेत्रमा करिअर सुरु गरेका मुखियाले जीवन बीमा क्षेत्रमा १३ वर्षभन्दा बढि अनुभव सहित संयुक्त राष्ट्र संघीय नियोग आईएलओ समेत काम गरेर अनुभव बटुलेका छन् । काठमाडौं विश्व विद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर, त्रिभुवन विश्व विद्यालयबाट फिजिक्समा एमएस्सी उत्तिर्ण मुखिया पूर्वाञ्चल विश्व विद्यालयबाट कम्प्युटर एप्लिकेशनमा समेत स्नातकोत्तरको उपाधी प्राप्त गरेका छन् ।

Prabhu
Crest

जीवन बीमा व्यवसायमा नयाँ प्रडक्ट उत्पादन तथा मार्केटिङ सम्बन्धी रणनीति बनाउन माहिर मुखियाले अबको चार वर्ष सानिमा लाईफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका छन् । उनको कार्यकालमा हाल निकै पछाडि रहेको सानिमा लाईफले व्यवसाय फड्को मार्ने विश्वास गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS