Connect IPS
IME Life

बैंक–बीमा कम्पनीहरुमा कोरोना संक्रमण बढ्दै, एनएमबी बैंकको चार शाखा सिल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना संक्रमणको कारण बन्द गरिएको लक्ष्मी बैंकको हात्तिसारस्थित शाखा कार्यालय आजबाट खुल्ला भएको छ । उता, कोरोना भाइरसको संक्रमणपछि एनएमबी बैंकको न्यूरोडसहित चार वटा शाखा कार्यालय सिल गरिएको छ ।

न्यूरोड, बबरमहलस्थित कर्पोरेट कार्यालय बन्द गरिएको छ भने अन्य शाखा कार्यालयहरुका दर्जनौं कर्मचारीहरुको पिसिआर टेष्ट पोजेटिभ आएको सो बैंक स्रोतले जनाएको छ । पिसिआर पोजेटिभ आएका कर्मचारीहरु घरैमा आईशोलेसनमा बसेका छन् ।

Prabhu
Crest

त्यस्तै रिलायन्स लाईफ इन्स्योरेन्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसैगरी, बीमा समितिका केही उच्च अधिकारीको परिवारमा कोरोना पोजेटिभ देखिएपछि होम क्वारेन्टाईनमा परेका छन् ।

पछिल्लो पटक बैंक तथा बीमा कम्पनीहरुमा कोरोना भाइरसको संक्रमण देखिने क्रम ह्वात्तै बढेको छ । सरकारले उद्योग व्यवसाय तथा सार्वजनिक यातायात खुल्ला गरेपछि कोरोना मानिसहरुको धेरै चहल पहल हुने बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीमा कोरोना भाइरसको संक्रमण तीव्र बनेको हो । बैंक बीमा कम्पनीहरुले कोरोना भाइरसको पिसिआर टेष्ट आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS