IME Life New

समितिले पारित नगरेसम्म बीमा कम्पनीको लाभांशमा विश्वस्त नहुन समितिको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमा समितिले पारित नगरेसम्म बीमा कम्पनीहरुले मात्रै पारित गरेको लाभांश प्रति विश्वस्त नहुन लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । बीमा कम्पनीको वित्तिय विवरण पारित गरिने प्रक्रिया अन्य बैंक तथा वित्तीय संस्था भन्दा फरक हुने भन्दै समितिले पारित गरेपछि मात्रै कम्पनीको लाभांश निश्चित हुने उनले बताए ।

लाईफ इन्स्योरेन्स कम्पनीले अघिल्लो गत साउन १८ गते आव २०७३/७४ को लाभांश ३६ प्रतिशत वितरण गरिने निर्णय सञ्चालकबाट पारित गरेको थियो । तर, गत कात्तिक १८ गते अर्को सुचना जारी गरी १२ प्रतिशत वितरण गरिने सुचना जारी गर्यो । अर्थात् पहिला घोषणा गरे भन्दा २ सय प्रतिशत घटायो ।

Esewa
Crest

त्यस्तै, यस अघि समितिले युनाईटेड इन्स्योरेन्सले घोषणा गरकोे १० प्रतिशत लाभांशलाई रद्ध गरिदियो । साथै एभरेष्ट इन्स्योरेन्सको लाभांश पनि रोकिदियो ।

बीमा कम्पनीहरुले आफनो बार्षिक वित्तिय विवरण तयार पारे पछि बीमा समितिमा बुझाउँनु पर्छ । बीमा समितिले उक्त विवरण आफनो बिमांकीद्धारा परिक्षण गराउँछ । बीमांकीले विवरण ठिक छ भनेपछि मात्रै कम्पनीहरुको विवरण समितिबाट पारित हुन्छ । यसको प्रक्रिया लामो हुने भएकाले केही समय लाग्छ । त्यसैले कम्पनीको सञ्चालक समितिबाट घोषणा गरिएको लाभांश प्रति विश्वस्त नहुन समितिका अध्यक्ष चापागाईले बताए ।

यस बिषयमा समितिका अध्यक्ष चापागाईले यस अघि एक कार्यक्रममा पनि लगानीकर्तालाई कम्पनीले गरेको निर्णयमा बिश्वस्त नहुन आग्रह गरेका थिए । तर, नयाँ लगानीकर्ताले यस बिषयमा जानकारी नहुने भएकाले पुरानाले धेरै चलखेल गर्ने लगानीकर्ताहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS