IME Life New

नयाँ मन्त्रीको अन्तिम सूचि तयार नहुँदा नेकपाको सचिवालय बैठक स्थगित, को बन्दैछ नयाँ अर्थमन्त्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनको विषयमा छलफल गर्न थप समय चाहिने भएपछि आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक मंगलबारसम्मको लागि स्थगित गरिएको छ । हाल रिक्त अर्थमन्त्रालय सहितका मन्त्रालयहरुमा को को मन्त्री बन्ने, को को हटाउने भन्ने विषयमा सहमति नजुटेपछि नेकपाको आज सोमबार दिउँसो १ बजेका लागि तय भएको सचिवालय बैठक भोलि मंगलबार दिउँसो १२ः३० बजे बालुवाटारमा बस्ने गरी स्थगित भएको हो ।

स्रोतका अनुसार मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक निकायहरुमा गरिने नियुक्त लगायतका विषयहरु प्याकेजमा सहमति गर्न बैठक स्थगित भएको हो । बैठक स्थगित भएसँगै मन्त्रिमण्डल पुनर्गठन पनि केही पर धकेलिने अनुमान गरिएको छ ।

Esewa
Crest

उता, नयाँ अर्थमन्त्रीमा प्रदिप ज्ञवालीको चर्चा चल्न थालेको छ । हाल परराष्ट्र मन्त्री रहेका ज्ञवालीलाई प्रम ओलीले अर्थ मन्त्री बनाउन चाहेको बताइएको छ । स्रोतका अनुसार पार्टी सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठनको नीतिगत निर्णय गरेपछि प्रम ओलीले आफूलाई सजिलो हुने टिम तयार गर्नेछन् । प्रम ओलीले पार्टीका महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन चाहेको भएपनि उनले पार्टीको महाधिवेशन नजिकै आईसकेकोले महाधिवेशनसम्म पार्टी काममै व्यस्त हुने इच्छा देखाएपछि प्रम ओलीले ज्ञवालीलाई अर्थमन्त्री बनाउन चाहेको बताइएको छ ।

यद्यपि नयाँ अर्थ मन्त्री जोसुकै भएपनि घोष्ट अर्थ मन्त्रीका रुपमा निवर्तमान अर्थ मन्त्री युवराज खतिवडाले अर्थ मन्त्रालयको मुख्य कमाण्ड गर्नेछन् । प्रम ओलीले अर्थ मन्त्रालयमा राज्यमन्त्री नियुक्त गनेर जाने सम्भावना समेत रहेको जनाइएको छ । बालुवाटार स्रोतका अनुसार आगामी बुधबारदेखि शुक्रबारसम्ममा मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने जानकारी दिएको छ । आर्थिक क्षेत्रमा नयाँ अर्थमन्त्री को बन्छ भनेर निकै चासोपूर्वक हेरिएको छ । प्रदिप ज्ञवाली अर्थमन्त्री बनेको खण्डमा विगतका अर्थमन्त्री खतिवडाले भन्दा थप कडाई गर्नसक्ने विश्लेषण समेत गरिएको छ ।

अर्थमन्त्रीमा सुरेन्द्र पाण्डे, वामदेव गौतम, जनार्दन शर्मा, वर्षमान पुनले दावी छोडेका छैनन् । साथै अर्थमन्त्रीका रुपमा विभिन्न व्यक्तिहरुको चर्चा परिचर्चा हुन छोडेको छैन । सम्भवतः यसै साताबाट देशले नयाँ अर्थमन्त्री पाउने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS