IME Life New

५ वटा कम्पनीको हकप्रद शेयर पाइपलाइनमा, कसको कति?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ५ वटा कम्पनी हकप्रद शेयर निष्काशन तथा स्वीकृतिका लागि पर्खाइमा रहेका छन् । सेबोनमा हकप्रद शेयर निष्काशन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा नागरिक लगानी कोष, ङादी ग्रुप पावर कम्पनी लिमिटेड, नेपाल फाइनान्स कम्पनी लिमिटेड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।

ङादी ग्रुप पावर कम्पनी लिमिटेडः ङादी ग्रुप पावर कम्पनी लिमिटेडले १०:३ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न २०७५ साल पुस २३ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले सय रुपैयाँ अंकित दरको १६ करोड ६ लाख ६६ हजार ४ सय ४० रुपैयाँ बराबरको १६ लाख ६ हजार ६ सय ६४ दशमलव ४० कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Esewa
Crest

नागरिक लगानी कोषः नागरिक लगानी कोषले १ः०८२८४ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न भाद्र २२ गते, सोमबार सेबोनमा निवेदन पेश गरेको हो । कोषले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद निष्काशनको लागि अनुमति माग गरेको हो। कोषको उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडः हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १:१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न २०७६ साल असार ३१ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले ११ करोड कित्ता हकप्रद निष्काशनको अनुमति मागेको हो । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल फाइनान्स कम्पनी लिमिटेडः नेपाल फाइनान्स कम्पनी लिमिटेडले १:१.२५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न २०७६ साल फागुन २९ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडः बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न २०७५ साल जेठ २२ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको २५ लाख ५१ हजार ५ सय कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

के हो हकप्रद शेयररु
विगतमा सर्वसाधारणमा साधारण शेयर निष्काशन गरिसकेको कम्पनीले भविष्यमा पुनः साधारण शेयर निष्काशन गर्ने भएमा त्यसरी निष्काशन गरिने शेयरहरु खरीद गर्ने पहिलो हक विद्यमान शेयरवालाहरुलाई प्राप्त हुन्छ । यसप्रकार पुनः निष्काशन गरिने शेयरमा विद्यमान शेयरधनीको पहिलो हक हुने भएकोले त्यस्तो शेयरलाई हकप्रद शेयर भनिन्छ ।

हकप्रद शेयर खरीद गर्ने वा नगर्ने निर्णय गर्न विद्यमान शेयरधनीहरु स्वतन्त्र हुन्छन् । सबै शेयर बिक्री नभएमा कम्पनीले बाँकी रहेको शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने व्यवस्था छ । विद्यमान शेयरधनीले आफूले पहिले खरीद गरेको शेयरको अनुपातमा हकप्रद शेयर खरीद गर्ने अधिकार प्राप्त गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS