काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा मन्त्री सरहको सुविधा पाउने गरी प्रधानमन्त्री कार्यालयमा नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषदको बैठकले डा. खतिवडालाई मन्त्री सरहको सुविधासहित नेपालको सरकारको विशेष आर्थिक सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालयमा रहेर काम गर्नेगरी नियुक्त गरेको हो ।
नेपाल सरकारका प्रबक्ता प्रदिप ज्ञवालीले आज पत्रकार सम्मेलनमार्फत डा. खतिवडालाई विशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरिएको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. खतिवडालाई अर्थमन्त्रीमा कायम राख्न चाहेको भएपनि पार्टीभित्रको आन्तरिक विवाद नमिलेका कारण यही भदौं २० गते पदबाट राजिनामा दिएका थिए ।