IME Life New

कालोसूचिका ऋणीहरुको विवरण सार्वजनिक गर्न राष्ट्र बैंकको निर्देशन, ऋण नतिर्नेको सूचि दुई पटक छापिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई कालोसूचिका ऋणीहरुको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । सर्वसाधारणको निक्षेप रहेको बैंकबाट कर्जा लिई नतिर्ने ऋणीहरुको विवरण प्रत्येक वर्षको साउन र माघ महिनामा गरी दुई पटक सार्वजनिक गर्नुपर्ने नयाँ व्यवस्था गरेका छ ।

मौद्रिक नीति कार्यान्वयन गर्न गत साउनमा जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले कालोसूचिका ऋणीहरुको विवरण दैनिक पत्रिकामा सार्वजनिक गर्नुपर्ने उल्लेख गरेको छ ।

Crest

राष्ट्र बैंकले कालोसूचिका व्यक्तिहरुको विवरण नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रार कार्यालयमा समेत पठाउन भनेको छ ।
साथै एकीकृत निर्देशनमा कोभिडका कारण ऋण तिन नसक्ने ऋणीहरुको धितो लिलाम नगर्न तथा कालोसूचिमा समावेश नगर्न समेत भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS