Connect IPS
IME Life

राजिनामा दिँदै अर्थमन्त्री खतिवडा, अर्थतन्त्रमा डा. खतिवडाको छाँया तत्काल नहट्ने !

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय सभाको सदस्यमा मनोनयनमा नपरेपछि संवैधानिक व्यवस्था अनुसार भोलि पदमुक्त हुन लागेका अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले आज पदबाट राजिनामा दिने तयारी गरेका छन् । विगत १० महिनादेखि दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका डा. खतिवडाले आजै मन्त्री पदबाट राजिनामा दिने तयारी गरिरहेको अर्थमन्त्रालय स्रोतले जनाएकोेछ ।

बालुवाटारमा सुरु हुन लागेको मन्त्रिपषिदको बैठकमा भाग लिएर सबैलाई धन्यवाद सहित राजिनामा बुझाउन लागेको मन्त्री खतिवडाको सचिवालयले जनाएको छ । हिजो बसेको नेकपाको बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । पार्टीभित्र अर्थमन्त्रीकै विषयमा निकै चर्को किचलो बढेपछि सामान्य छवी भएका खतिवडा आफैले मन्त्री पदमा टाँसिएर नबस्ने सन्देश प्रम ओलीलाई दिएपछि बालुवाटार कन्भिन्स भएको सूत्रको दावी छ ।

Prabhu
Crest

सूत्रका अनुसार अब नयाँ अर्थमन्त्रीमा विष्णु पौडेल आउने सम्भावना छ । त्यस्तो अवस्थामा डा. खतिवडा प्रधानमन्त्रीको मुख्य सल्लाहकारको रुपमा बालुवाटारमै रहेर काम गर्नेछन् । स्रोतका अनुसार अर्थमन्त्री जोसुकै भएपनि डा. खतिवडालाई प्रम ओलीले छोड्न चाहेका छैनन् । हिजो बसेको पार्टी सचिवालयको बैठकमा मुख्य सल्लाहकारको रुपमा डा. खतिवडालाई बालुवाटारमै राखेर देशको अर्थतन्त्रमा महत्वपूर्ण निर्णय गर्न दिने गरी सहमति गरेको जनाइएको छ ।

अर्थमन्त्रालयबाट बालुवाटार सारिएपछि अर्थमन्त्री डा. खतिवडाले राजिनामा दिएर गएपनि मुलुकको अर्थतन्त्रमा अझै पनि उनको छाया भने बाँकी रहने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS