काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आवको साउन महिनामा २ अर्ब २२ करोड रुपैयाँ भन्दा माथि प्रथम बीमाशुल्क आर्जन गरेका छन् । कोरोना महामारीका कारण साउन ६ गतेसम्म देश लकडाउनमै थियो । सो पछि पनि अन्तरजिल्ला बाहेकका सवारी साधनहरु चलेका थिएन् । सोही समयमा बीमा व्यवसायमा निरञ्तर जारी रहेको तथ्याङ्कले देखाएको छ ।
बीमा समितिको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले एक महिनामा २ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् । साउन महिनामा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ८० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
दोस्रोमा यूनियन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले गत साउन मसान्तसम्ममा २२ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा २० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
रिलायबल लाइफले ९ करोड रुपैयाँ, मेट लाइफले ९ करोड रुपैयाँ, एशियन लाइफले ९ करोड रुपैयाँ, सिटिजन लाइफले ९ करोड रुपैयाँ, आइएमई लाइफले ९ करोड रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोशन नेपालले ८ करोड रुपैयाँ, प्राइम लाइफले ८ करोड रुपैयाँ र ज्योति लाइफले ८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।
त्यस्तै, सूर्या लाइफले ६ करोड रुपैयाँ, गुराँ लाइफले ४ करोड रुपैयाँ, सन नेपालले ४ करोड रुपैयाँ, सानिमा लाइफले ४ करोड रुपैयाँ, रिलायन्स लाइफले ४ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ४ करोड रुपैयाँ, प्रभु लाइफले ३ करोड रुपैयाँ र महालक्ष्मी लाइफले २ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।