Connect IPS
IME Life

अर्थमन्त्री को बन्ला ? अझै अनिश्चित, पौडेल वा गौतमलाई बनाउने ओलीको अडान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीले छिट्टै मन्त्रिमण्डल पुनर्गठन गर्ने महत्वपूर्ण निर्णय गर्दैछ । नयाँ मन्त्रिमण्डलमा बन्ने भएपछि धेरै नेताहरु मन्त्री बन्न दौडधुपमा लागेका छन् ।

आर्थिक क्षेत्र विशेष गरी शेयर बजारमा आगामी अर्थमन्त्री को बन्ला ? भनेर झनै चासो बढिरहेको छ । गत फागुन देखि नै अर्थमन्त्री बन्ने चर्चामा रहेका सुरेन्द्र पाण्डे अझै अर्थमन्त्रीमा सुनिश्चित नभइसकेको खवर बालुवाटारबाट प्राप्त भएको छ । माधव नेपाल, झलनाथ खनाल र प्रचण्डको समर्थनमा अर्थमन्त्री बन्न तम्तयार भएर बसेका पाण्डेको ठाउँमा सचिवालयका सदस्यहरुलाई मन्त्री बनाउने प्रस्ताव प्रधानमन्त्री ओलीले अघि सारेका छन् ।

Prabhu
Crest

सचिवालयका सदस्यहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतम मन्त्री बन्न बाँकी छन् । गौतम सांसद नभएका कारण मन्त्री बन्न अप्ठेरो छ । यद्यपि राष्ट्रिय सभामा मन्त्रिपरिषदबाट सिफारिस भई जाने एक सिट अझै रिक्त छ । प्रम ओलीले भने अर्थमन्त्रीमा विष्णु पौडेल वा वामदेव गौतमलाई अर्थमन्त्री बनाउने अडान राखेका छन् ।

अब बन्ने अर्थ मन्त्री आगामी आम निर्वाचनसम्म जाने हुँदा प्रम ओलीले आफू निकट विष्णु पौडेल वा अन्य निकटवर्तीलाई अर्थमन्त्री बनाउन चाहेको देखिएको छ । प्रम ओली सोही धारणाबाट अभिप्रेरित भएको अवस्थामा कुनै पनि हालतमा सुरेन्द्र पाण्डे अर्थमन्त्री बन्ने सम्भावना हुँदैन । सचिवालयका सदस्यहरु नै मन्त्री बन्न आउने भएपछि उनीहरुले रोज्ने हुँदा अर्थमन्त्रीमा पाण्डेको ठाउँमा पौडेल, नारयणकाजी वा गौतमको सम्भावना देखिएको छ ।

मन्त्रिमण्डल पुनर्गठन नै हुने हुँदा अर्थमन्त्री को बन्ने भन्ने विषय झनै तरल बनेर अगाडि आएको छ । केही अघिसम्म माधव नेपालको कोटामा सुरेन्द्र पाण्डे अर्थमन्त्री बन्ने पक्का पक्की रहेको चर्चा चलेको थियो । तर, पछिल्लो राजनीतिक घटनाक्रमले उनको सम्भावना थप कमजोर बनेको छ । यद्यपि प्रचण्ड, नेपाल र खनालको समर्थन रहेका पाण्डेको सम्भावना भने निकै बलियो रहेको जानकारहरुको भनाई छ । प्रचण्ड–नेपाल पक्षले मन्त्री बन्नेहरुको सूचि पार्टीको सचिवालय बैठकबाट अनुमोदन गराउने प्रयासमा समेत रहेकाले अर्थमन्त्रीमा अहिले नै यसै भन्न सकिने अवस्था भने छैन । स्रोतका अनुसार गृह र रक्षा मन्त्रालय तत्काल परिवर्तन हुने छैन भने अन्य जुनसुकै मन्त्री पुनर्गठनको सिकार हुनसक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS