IME Life New

बीमा अभिकर्तादेखि डेपुटी सिइओसम्म कोषराज सुवेदीको यात्रा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली जीवन बीमा क्षेत्रमा सबैभन्दा ठूलो योगदान बीमा अभिकर्ताहरुको छ । त्यसो त अभिकर्ताहरुले पनि जीवन बीमा क्षेत्रबाट बार्षिक छ अर्बभन्दा बढि प्रतिफल बुझ्ने गरेका छन् । जीवन बीमा अभिकर्ता पेशाबाट बीमा व्यवसायमा करिअर सुरु गरेका धेरै व्यक्तिहरु आज बीमा कम्पनीको उच्च तहमा पुगेर काम गरिरहेका छन् । त्यस्तै मध्येका एक हुन युनियन लाईफ इन्स्योरेन्सका डेपुटी सिईओ कोषराज सुवेदी । आईए दोस्रो वर्षको परिक्षा दिएर बसेका बेला बीमा अभिकर्ताको तालिम खुल्यो २०५८ साउन २२ गते जीवन बीमा अभिकर्ताको तालिम लिएर बीमा क्षेत्रमा प्रवेश गरेका कोषराजले त्यसयता पछाडि फर्केर हेर्नु परेको छैन । बीमा अभिकर्ताबाट करिअर सुरु गरेका सुवेदी डेपुटी सिईओ बन्ने पहिलो व्यक्ति समेत हुन् ।

नेपाल लाईफबाट करिअर सुरु गरेका सुवेदी अहिले पनि नेपाल लाईफका डेपुटी सिईओ सुशिल कुमार चौधरीलाई आफ्नो बीमा गुरु मान्ने गर्दछन् । सुवेदी भन्छन्, ‘मलाई बीमा क्षेत्रमा करिअर सुरु गराउँदाका मेरो गुरुलाई अहिले पनि सम्झिरहन्छु ।’ सुवेदीले १९ वर्षे करिअरमा गत साउन १ गतेबाट आफ्नै गुरुसँग प्रतिस्पर्धामा उत्रिएका छन् । चौधरी डेपुटी सिईओ भएको नेपाल लाईफ सबैभन्दा ठूलो कम्पनी हो भने सुवेदीले नेतृत्व गरेको कम्पनी युनियन लाईफ नयाँ कम्पनीहरु मध्येको सबैभन्दा आक्रामक व्यापार गर्ने सफल कम्पनी हो ।

Crest

नेपाल लाइफ इन्स्योरेन्समा करिब ५ वर्ष काम गरि सकेपछि जागिरे जिबनबाट पुन जिबन बीमा अभिकर्ता पेशामा फर्केका कोषराज सुबेदी पुनः सफल अभिकर्ताको रुपमा अगाडी बढ्दै बीमा प्रशासक बन्न हान्निए । २०७४ सालमा नेपालमा नयाँ जीवन बीमा कम्पनीहरुले संचालनको अनुमति पाएसंगै सुबेदीको जिबनले फेरी अर्को मोड लियो । यूनियन लाइफ इन्स्योरेन्समा कोषराज सुबेदीको सोच र कम्पनीको सोच मिल्न गयो र नायब महा–प्रबन्धकको रुपमा बजार ब्यबस्थापन प्रमुखको जिम्मेवारी सहित यूनियन लाइफ इन्स्योरेन्स आबद्ध हुन पुगे । जुन एउटा ठुलो चुनौती थियो तर चुनौतीलाई अबसरको रुपमा लिने बानी परेका कोषराज सुबेदी सफलतापुर्बक अगाडी बढे फल स्वरुप नयाँ कम्पनीको यूनियन लाइफ इन्स्योरेन्सले पुराना कम्पनीहरु समेतलाई चुनौती दिदै अगाडी बढ्न सफल भएको छ । सफलताको श्रेय युनियन लाईफ इन्स्योरेन्समा नेतृत्व गरिरहेका सिंगो टिमलाई जान्छ । कम्पनीका सिईओ, डिसिईओ, नायब महाप्रबन्धक लगायतमा उच्च नेतृत्वमा रहेकाहरुमा टिमवर्क गर्न सक्ने क्षमताका कारण आज युनियन लाईफ जीवन बीमा कम्पनीहरु मध्येमा उत्कृष्ट मध्येमा पर्न सफल भएको छ ।

सुरुवाती समयमा बीमा अभिकर्ताको रुपमा निकै मेहनत गरेका सुवेदीको दृढता, आत्मविश्वास र नेतृत्व क्षमताको कारण नेपाल लाईफमा आबद्ध भए । तर, स्वतन्त्र व्यवसाय गरेर मासिक मनग्य आम्दानी गर्दै आएका सुवेदीलाई कम्पनीको कर्मचारीको रुपमा भन्दा पनि अभिकर्ताकै रुपमा फर्कन मन लाग्यो । २०७४ सालमा नयाँ कम्पनीहरु खुल्ने क्रममा सुवेदी युनियन लाईफमा आबद्ध हुन पुगे । यस पटक फरक जिम्मेवारीमा कम्पनीको नेतृत्व गर्ने तहमा उनको भूमिका देखियो । १५ वर्षभन्दा बढि जीवन बीमा व्यवसाय र क्षेत्रमा बिताउँदाको ज्ञान, शीपलाई दृढता, आत्मविश्वाससँग मिलाएर अघि बढाउँदै जाँदा सुवेदीले नेतृत्व गरेको कम्पनी आज नयाँ कम्पनी भएर पनि दशक अघिको कम्पनीलाई कडा चुनौति दिने कम्पनी बन्न सफल भएको छ ।

सुवेदीले नेपालको जीवन बीमा क्षेत्रमा एक सफल बीमा अभिकर्ताबाट एक सफल बीमा प्रशासकमा बदल्न सफल भएका छन् । यूनियन लाइफ इन्स्योरेन्सको लागि समेत गौरवको विषय बन्न पुगेको छ । युनियन लाईफमा  बरिष्ठ नायब महाप्रबन्धक रहेका सुवेदी गत साउन १ गतेदेखि डेपुटी सिईओको जिम्मेवारीमा छन् । सुवेदीले एक बीमा अभिकर्ताबाट आफ्नो पेशा सुरु गरेर बीमा कम्पनीको उच्च तह सम्म पुगेर नेपालको जीवन बीमा क्षेत्रमा नमुना बन्न सफल भएका छन् भने सम्पूर्ण अभिकर्ताहरुको प्रेरणाको स्रोत समेत बन्न सफल भएका छन् ।


एउटा सफल बीमा अभिकर्ताको पहिचान बनाइसकेका कोषराज सुबेदीलाई जिबन बीमा अभिकर्ता बनेर पनि उच्चस्तरको जिवन यापन गर्न सकिन्छ भन्ने पूर्ण बिश्वाश र अनुभव हुदै गर्दा आफु जस्तै युवा वर्गलाई जिबन बीमा अभिकर्ता बनाई उनिहरुको समेत आर्थिक संवृद्धि तथा आम सर्बसाधारणलाई आर्थिक सुरक्षामा जोड्ने लक्ष्यसहित बीमा अभिकर्ताको काम छोडेर नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा प्रमुख, क्षेत्रीय प्रमुख हुदै नेपालका विविन्न ठाउँहरुमा काम गरेर आफूलाई तिखार्न भ्याईसकेका थिए । अभिकर्ता पेशा आफैमा सीमा रहित पेशा हो । जहाँ, जता, जुनसुकै पेशामा आबद्ध भएकाहरुसँग सम्पर्क विस्तार गरी बीमा जागरण गराएका कारण पनि सुवेदीलाई एक सफल बीमा प्रशासक बन्न सफल लागेन ।

बजारमा प्रतिस्पर्धा भन्दा पनि बिमितलाई पाउनुपर्ने सुबिधा, बीमा अभिकर्तालाई पेशालाई सम्मानित पेशाको रुपमा स्थापित गराउन कोषराज सुबेदी दिन रात–नभनी लागि रहे । जसको फलस्वरूप यूनियन लाइफ इन्स्योरेन्सले स्थापनाको छोटो समयमा आफ्नो राम्रो प्रगति गर्न सफल भए । नायब महा–प्रबन्धकबाट यूनियन लाइफ इन्स्योरेन्समा यात्रा सुरु गरेका कोषराज सुबेदी छोटो समयमा नै बरिष्ठ नायब महा–प्रबन्धक हुदै करिब ३ वर्षको अबधिमै कम्पनी नायब प्रमुख कार्यकारी अधिकृत बने । मेहनत, दृढ संकल्प र आत्मविश्वास अनि निरन्तरताका कारण सुवेदी आज नेपाली बीमा क्षेत्रमा बिर्सन नसक्ने नाम बन्न पुगेको छ । झापाबाट बीमा अभिकर्ताबाट जीवन बीमा क्षेत्रमा प्रवेश गरेका सुवेदीको जीवन संघर्ष, मेहनत, र नतिजा पछि युनियन लाईफ इन्स्योरेन्समा डेपुटी सिईओसम्मको यात्रा साँच्चै बाँकी बीमा अभिकर्ताहरुको लागि प्रेरणाको स्रोत हो भने नेपाली बीमा व्यवसायको लागि समेत गौरवको विषय बनेको छ भन्दा अत्युक्ति नहोला ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS