Connect IPS
IME Life

कोरोना बीमाको दावी भुक्तानी एक करोड नजिक, कूल बीमा शुल्क ३४ करोड माथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गत बैशाख ७ गतेबाट सुरु भएको कोरोना बीमाको दावी भुक्तानी एक करोड नजिक पुगेको छ । हालसम्म ८६ जनाको कोरोना बीमा दावी परेको छ ।

बीमा पुलको व्यवस्थापक शिखर इन्स्योरेन्सको सिईओ तथा नेपाल बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डेले दिएको जानकारी अनुसार हालसम्म ३१ लाख ५० हजार दावी भुक्तानी भइसकेको छ भने ५४ लाख दावी भुक्तानीको प्रक्रिया पाइपलाइनमा छ ।

Prabhu
Crest

अध्यक्ष पाण्डेले बुधबार दिएको जानकारी अनुसार एक लाख बीमाङ्कको ३१ जनाले दावी भुक्तानी लिईसकेका छन् भने ५० हजार बीमाङ्कको एक जनाले दावी भुक्तानी बुझेका छन् । अध्यक्ष पाण्डेले ५४ जनाले कोरोना बीमा गरेपछि कोरोना संक्रमति भएको भन्दै बीमा दावी भुक्तानीको लागि आवेदन दिएको बताए । हाल पाइपलाईनमा रहेकाहरुलाई भुक्तानी दिईसक्दा कोरोना बीमाको दावी भुक्तानी एक करोड नजिक अर्थात ८५ लाख पुग्नेछ ।

अध्यक्ष पाण्डेले हालसम्म कोरोना बीमा गर्नेको संख्या छ लाख १५ हजार नाघेको बताउँदै कूल ३४ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको बताए । कोरोना बीमा पुलमार्फत सञ्चालन हुँदै आएको छ । यसको व्यवस्थापन भने शिखर इन्योरेन्स कम्पनीले गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS