IME Life New

पुनः लकडाउन हुनसक्छः स्वास्थ्य मन्त्रालय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः लकडाउन हुनसक्ने चेतावनी दिएको छ । मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रबक्ता डा. जागेश्वर गौतमले यही शैलीमा कोरोना भाइरसबाट संक्रमित बढ्दै गएमा पुनः बन्दाबन्दी घोषण गर्नुपर्ने हुनसक्ने चेतावनी दिएका हुन् ।

सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रबक्ता डा. गौतमले भने, ‘कोरोना संक्रमण यसरी नै बढ्दै गएमा कोरोना संक्रमणलाई नियन्त्रण गर्न फेरि ठाउँ ठाउँमा बन्दाबन्दी गर्नुपर्ने हुनसक्छ ।’ प्रबक्ता डा. गौतमले पुनः बन्दाबन्दी गर्नुपर्ने अवस्था आउन नदिन जनता आफै पनि सचेत हुनुपर्ने बताएका छन् । उनले भने, ‘हामी जिम्मेवार भई क्वारेन्टाईनमा बसेमा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्ने सम्भावना न्यून हुन्छ ।’

Esewa
Crest

प्रबक्ता गौतमले सुझाव दिँदै भने, ‘सार्वजनिक यातायातमा यात्रा गर्दा दुरी कायम गरी यात्रा गर्ने, स्यानिटाईजर प्रयोग गर्ने, खोक्दा, हाछ्यु गर्दा नाक मुख कुहिनोले छोप्ने, कोरोना चिनेको र नचिनेको दुवै प्रकारका व्यक्तिबाट सर्न सक्छ । जो सुकैलाई कोरोना संक्रमित हुनसक्ने व्यवहार गरौं । विदेशबाट आएकालाई १४ दिन क्वारेन्टाईनमा बसौं, । बाहिरबाट आएका सबै छिमेकी र परिवारका सदस्यहरुलाई जिम्मेवार भई १४ दिन क्वारेन्टाईनमा बसालौं । जात्रा चाड पर्वहरुमा धेरै भिडभाड नगरौं ।’

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाली जनतालाई व्यक्तिगत दुरी कायम गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्र संघीय संगठनले नेपालमा स्थानीय स्तरमा कोरोना फैलिन लागेको भन्दै तत्कालै देखि भौतिक दुरी कायम गरी अत्यावश्यक बाहेकका काममा घरबाट बाहिर ननिस्कन सबै नेपालीहरुलाई सुझाव दिएको छ ।

डब्लुएचओका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि आज अपिल जारी गर्दै नेपालमा लकडाउन खुला गरेपछि पछिल्लो समय कोरोना संक्रमण बढेकाले सुरक्षाका उपाय अपनाउन भनेको हो ।

जनस्वास्थ्य बिज्ञहरुले नेपालको राजधानी काठमाडौंसहित बीरगन्ज लगायतका शहरहरुमा कोरोना भाइरस स्थानीय स्तरमा फैलिन थालेको आशंका गरेका छन् । पछिल्लो २४ घण्टामा राजधानी उपत्यकाका तीन जिल्लामा ५१ जनामा कोरोना भाइरस देखिएको छ भने बीरगन्जमा ७१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । विदेशबाट नआएका तथा ट्राभल हिस्ट्री नभएका यति धेरै मानिसमा कोरोना भाइरस भेटिन थालेपछि कुनै पनि भयावह रुप लिन सक्ने विज्ञहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS