IME Life New

भारतमा म्यादी जीवन बीमाको प्रिमियम थप महँगो तर व्यापारमा कुनै असर नपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी : भारतका बीमा कम्पनीहरुले म्यादी जीवन बीमा तर्फको प्रिमियम रकमलाई वृद्धि गर्दै लगेका छन् । पोलिसी बजार डट कमबाट प्राप्त तथ्याङ्क अनुसार मार्च देखि जुलाई महिनाको बीचमा आईसीआईसीआई प्रुडिन्सियल लाईफ, टाटा एआईए र बजाज एलियाञ्ज लाईफले म्यादी जीवन बीमा तर्फको प्रिमियम रकम क्रमश ३७ प्रतिशत, ३२ प्रतिशत र ३६ प्रतिशतले वृद्धि गरेका छन्।

पुनर्बीमा कम्पनीहरुले महङ्गो दरमा पुनर्बीमा गर्ने गरेको कारणले गर्दा म्यादी जीवन बीमा तर्फको प्रिमियम महँगो भएको हो । त्यस्तै भारतमा केही वर्ष यता प्रक्षेपित मृत्यु दावी भन्दा पनि धेरै नै दावी आउँन थालेकोले प्रिमियम महँगो हुनुको अर्को कारण रहेको छ र मार्च महिना देखि घट्दो व्याज पनि एउटा अर्को कारण रहेको छ।

Esewa
Crest

म्यादी बीमा तर्फको प्रिमियम वृद्धि भए पनि म्यादी जीवन बीमा तर्फ भारतका बीमा कम्पनीहरुले राम्रै व्यापार गरेका छन् । कोरोना भाइरसको कारणले बीमा क्षेत्र तर्फ जनचेतनाको स्तर वृद्धि हुन थालेसँगै प्रिमियम महँगो भए पनि व्यापारमा कुनै असर नपर्ने कुरामा भारतका जीवन बीमा कम्पनीहरु विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS