IME Life New

अर्थमन्त्री डा. खतिवडाको पदावधी भदौं २० मा सकिदै, को बन्ला नयाँ अर्थमन्त्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत फागुन २१ गते अर्थमन्त्रीमा नियुक्त भई शपथ खाएका पूर्व सांसद डा. युवराज खतिवडाले पछिल्लो आठ महिनादेखि दुई वटा मन्त्रालय सम्हाल्दै आएका छन् । यथास्थितिमा उनको पद आगामी भदौं २० गतेसम्म मात्रै कायम रहनेछ । नेपालको संविधान २०७२ मा सांसद नभएको व्यक्ति छ महिना भन्दाबढि समय मन्त्री पदमा बहाल रहन नसक्ने व्यवस्था छ । अर्थमन्त्री यतिबेला पूर्व सांसद मात्रै हुन् । उनको पदावधी गत माघमा सकिएर निर्वाचनमार्फत नयाँ नियुक्त भइसकेका छन् । डा. खतिवडा मन्त्री बनेको आगामी भदौं २० गते छ महिना पुग्दैछ । डा. खतिवडा यथास्थितिमा भदौं २० गतेभन्दा पछाडि मन्त्री पदमा बहाल रहन नसक्ने अधिवक्ता धनञ्जय खनाल बताउँछन् ।

२०७४ साल फागुन २१ गते राष्ट्रिय सभाको पहिलो बैठकबाट दुई वर्षे कार्यकाल गणना हुँदा गत वर्षको फागुन २० गतेभित्रमा पुनः राष्ट्रिय सभाको सदस्यमा सिफारिस नहुँदा सोही दिन राजिनामा गरेर भोलिपल्ट पुनः मन्त्री पदमा नियुक्त भएका थिए । त्यसयता प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेर पनि डा. खतिवडालाई राष्ट्रिय सभामा लैजान सकेका छैनन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट सिफारिस गराई राष्ट्रिय सभामा लैजान नसकेमा डा. खतिवडाको मन्त्री पद भदौं २० गतेबाट अन्त्य हुनेछ ।

Esewa
Crest

नेकपाभित्र चर्को विवादका कारण तत्काल राष्ट्रिय सभाको रिक्त एक सदस्य पदमा सिफारिस हुन सक्छ वा सक्दैन अन्योलता कायमै छ । पार्टीभित्रको चर्को विवादका कारण पार्टी नै विभाजन हुने हो कि भन्ने जोखिमका बीचमा नेकपा (नेकपा) गुज्रिरहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडालाई मन्त्री बनाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न अस्पतालमा जानुअघि अस्पतालकै शैय्याबाट निर्णय गरेकाले पनि प्रम ओलीले डा. खतिवडालाई राष्ट्रिय सभाको बाँकी कार्यकालको लागि सांसद बनाउन सक्ने समेत देखिएको छ । यद्यपि नेकपाभित्रको विवाद समाधान सहमतिबाट अगाडि बढ्को अवस्थामा भागबण्डामा डा. खतिवडा आउट हुनसक्ने सम्भावना बलियो छ । नेकपाभित्र डलर कमाएर आएका डा. खतिवडालाई जिम्मेवारी दिएको भन्दै प्रम ओलीले आलोचना खेप्दै आएका छन् ।

डा. खतिवडा अर्थमन्त्रालयबाट हटेर नयाँ अर्थमन्त्रको आगमन भएमा नेपालको विद्यमान अर्थतन्त्रको कोर्स केही बदलिने विश्लेषकहरुको भनाई छ । अर्थमन्त्री फेरिएनन् भने पनि दुई वर्ष अघिदेखि लागू गर्दै आएका आर्थिक पद्धति थप संस्थागत हुने हुँदा अर्थतन्त्रले एउटा आकार लिने छ । समग्रमा भदौं २० नेपाली अर्थतन्त्रका लागि एउटा टनिङ प्वाईन्ट बन्ने कुरामा भने दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS