Connect IPS
IME Life

कोरोना इपिसेन्टर बन्यो नक्सालस्थित प्रहरी हेडक्वाटर, बीमा नहुँदा प्रहरी कर्मचारीले पाएनन् सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । देशको शान्ति सुरक्षा र अमन चयनको जिम्मेवारी पाएको नेपाल प्रहरी कोभिड भाइरस रोकथाम तथा नियन्त्रणमा समेट दिलोज्यान दिएर खटिइरहेको छ । तर, जनताको सुरक्षामा खटिने प्रहरीहरुको हेडक्वाटर नै कोरोनाको इपिसेन्टरमा रुपान्तरण भएको छ ।

आज प्राप्त रिपोर्ट अनुसार नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । यसअघि हेडक्वाटरमै कार्यरत चार जना प्रहरीमा कोरोना देखिएको थियो ।

Prabhu
Crest

राजधानी काठमाडौंमा रहेको प्रहरी मुख्यालयभित्रै कोरोना भाइरसको संक्रमण देखिएपछि राजधानी काठमाडौं स्थानीय तहमा कोरोना भाइरस फैलिसकेको हुनसक्ने आशंका गरिएको छ । आज थप प्रहरीमा कोरोना भाइरस भेटिएसँगै राजधानीमा कोरोना त्रास झनै बढेको छ ।

यसैबीच, सरकारले कर्मचारीहरुको निःशुल्क कोरोना बीमा गर्ने घोषणा चालु आवको बजेटमा गरेको भएपनि कार्यान्वयनमा आईनसकेकोले कोरोनाबाट प्रभावित प्रहरी कर्मचारीहरुले कोरोना बीमाको सुविधा नपाउने भएका छन् । सरकारले कोरोना बीमा सम्बन्धी कार्यविधि बनाई लागू गर्न ढिलाई गरेका कारण बजेटमा उल्लेख भएको कोरोना बीमा सुविधाबाट सरकारी कर्मचारी र प्रहरी सुरक्षाकर्मीहरु बञ्चित भएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS