IME Life New

छ लाख कर्मचारीको निःशुल्क कोरोना बीमा गर्ने मापदण्ड बन्दै, ५० प्रतिशत अनुदान कार्यान्वयन छिट्टै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामठाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको कर्मचारीहरुको निःशुल्क कोरोना बीमा प्रक्रिया अघि बढाउन बीमा समितिले मापदण्ड बनाउने कार्य भइरहेको जनाएको छ । त्यस्तै, कोरोना बीमामा सर्वसाधारणलाई दिइने भनिएको ५० प्रतिशत अनुदान कार्यन्वयनमा ल्याउने सम्बन्धमा समेत बीमा समितिले कार्य गरिरहेको छ ।

बीमा समितिका उप निर्देशक निर्मल अधिकारीका अनुसार सरकारले बजेटमा घोषणा गरेको सरकारी कर्मचारीको निःशुल्क कोरोना बीमा तथा आम जनतालाई कोरोना बीमामा ५० प्रतिशत अनुदान दिने व्यवस्था कार्यान्वयनमा लैजाने सम्बन्धमा गृहकार्य भइरहेको छ ।

Esewa
Crest

त्यस्तै, कोरोना बीमामा ५० प्रतिशत अनुदान दिने सम्बन्धमा पनि बीमा समितिले मापदण्ड तयार पारिरहेको छ । सरकारले बजेटमा व्यवस्था गरेको उक्त दुई विषय कार्यान्वयनमा ल्याउन बीमा समितिले प्राथमिकताका साथ काम गरिरहेको जनाएको छ । समितिले दुवै व्यवस्थालाई एक साथ कार्यान्वयनमा ल्याउने गरी काम गरिहेको जनाएको छ ।

बीमा समितिले तयार पारेको मापदण्ड कार्यान्वयनमा आएपछि देशैभरि कार्यरत सबै सरकारी करिब छ लाख कर्मचारीहरु कोरोना बीमाबाट रक्षावरण हुनेछन् । त्यस्तै, सर्वसाधारणले कोरोना बीमामा ५० प्रतिशत अनुदान पाउनेछन् । हाल बजेटमा घोषणा भएपनि अर्थमन्त्रालयले कार्यविधि तयार नगर्दा लागू भइसकेको छैन । बीमा समितिले मापदण्ड तयार पारेपछि सोही आधारमा अर्थले कार्यविधि बनाएपछि दुवै छुट व्यवस्थाले बैधानिकता पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS