IME Life New

असार मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन झण्डै १ खर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०७६/७७ को असार मसान्तसम्ममा झण्डै एक खर्ब नजिक बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०६६/७७ को असार मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले असार मसान्तसम्ममा २८ अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

Esewa
Crest

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले असार मसान्तसम्ममा १५ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ। तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले असार मसान्तसम्ममा ९अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ७ अर्ब  रुपैयाँ, युनियन लाइफले ४ अर्ब ८० करोड रुपैयाँ, एशियन लाइफले ४ अर्ब ५९  करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब १५ करोड रुपैयाँ, प्राइम लाइफले ३ अर्ब ३१ करोड रुपैयाँ, सूर्या लाइफले ३ अर्ब २० करोड रुपैयाँ, गुराँस लाइफले २ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

सिटिजन लाइफले १ अर्ब ९६ करोड रुपैयाँ, र ज्योति लाइफले १ अर्ब ८९ करोड रुपैयाँ, रिलायबल लाइफले १ अर्ब ६० करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ४० करोड रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब ४० करोड रुपैयाँ, प्रभु लाइफले १ अर्ब १८ करोड रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ११ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ८७ करोड रुपैयाँ, सानिमा लाइफले ८२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS