काठमाडौ। मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण प्रकाशन गर्ने पहिलो फाइनान्स कम्पनी बनेको छ । गैर सञ्चालन आम्दानीबाट करिव २० करोड माथि आम्दानी देखिएको फाइनान्सको चौथो त्रैमाससम्म ११ करोड ९४ लाख वितरण योग्य मुनाफा देखिएको छ ।
कम्पनीको हाल चुक्ता पुँजी ८१ करोड ८१ लाख रहेकोमा कम्पनीको वार्षिक वितरण योग्य मुनाफालाई हाल कायम शेयर संख्याले भाग गर्दा कम्पनीको लाभांश दिने क्षमता १४ दशमवल ६० प्रतिशत देखिन्छ ।
(उपलब्ध तथ्यांकको आधारमा गरिएको विश्लेषण पूर्ण नहुन सक्छ, निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला। )