IME Life

बाढी-पहिरोबाट देशैभरि अर्बौको क्षति, काठमाडौंमै पहिरोले एक जनाको मृत्यु

SPIL
NIC ASIA

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीका कारण बीमा कम्पनीहरुमाथि करोडौं रुपैयाँको दावी भुक्तानीको भार पर्ने देखिएको छ । देशका विभिन्न स्थानमा बाढीका कारण डुबानमा पर्ने, भौतिक पूर्वाधारमा क्षति हुने लगायतका घटनाहरु भइरहेका छन् ।

पछिल्लो १८ घण्टादेखि लगातार पानी पर्ने क्रममा रहेकोले अझै थप क्षति हुने देखिएको छ । अविरल बर्षासँगै आएको बाढीका कारण बाजुराको बुढीगंगा नगरपालिका–२ स्थित ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको छ । करोडभन्दा माथि लगानी गरेर बनाइएको पुल खोलाले बगाएको हो । पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आउ–जाउ पूर्णरुपमा बन्द भएको छ ।

Prabhu
Crest

त्यस्तै, राधजानी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका गागलफेदीमा एक जनाको मृत्यु भएको छ । स्थानीय नवराज गुरुङको बाटोमा हिड्ने क्रममा भिरबाट पहिरो खसेर मृत्यु भएको काठमाडौं प्रहरीले जनाएको छ । रातिदेखि परेको अविरल वर्षासँगै सर्लाही जिल्ला सदरमुकाम मलंवा डुबानमा परेको छ । त्यहाँ रहेका सरकारी कार्यालय समेत डुबेको जनाईको छ ।

त्यस्तै काठमाडौंको लाईफ लाईन नारायणगढ मुग्लिन सडक अबरुद्ध हुन पुगेको छ । त्यस्तै बैकल्पिक मार्गको रुपमा रहेको बल्खु हेटौडा सडक समेत बन्द हुन पुगेको छ ।

वर्षायाममा विभिन्न उद्योगहरुमा बाढी र तथा डुबानले क्षति पुर्याई बीमा कम्पनीमाथि आर्थिक भार पार्ने गर्दछन् । यस पटकको बाढीले पनि ठूलो मात्रामा बीमा दावी पर्ने अनुमान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS