IME Life New

इन्स्योरेन्स शिक्षा: पशुधन बीमालेख बारे जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


इन्स्योरेन्स शिक्षा: बीमा समितिले पशुधन बीमा योजना सञ्चालनमा ल्याएको छ । यस बीमा योजनाले बीमालेखमा तोकिएको आधारमा जोखिमको रक्षावरण गर्दछ ।

बीमालेखले रक्षावरण गर्ने जोखिमहरु
पशुधन बीमा योजनाले सबै अवस्थामा रक्षावरण गर्दैन । पशुको बीमा अवधि भित्र आगलागी, चट्याङ, भूकम्प, बाढी, डुवान, खडेरी, पहिरो, भूस्खलन, आँधिबेहरी, असिना, हिँउ वा तुसारो, आकस्मिक अन्य दुर्घटनाजन्य बाह्य कारणहरु, किरा तथा रोगबाट हानी नोक्सानी भएमा मात्रै रक्षावरण गर्छ ।

Esewa
Crest

उल्लेखित कुनै पनि कारणबाट पशुधन बीमा अवधि भित्र पशु मरेमा वा पूर्ण स्थायी रुपमा अशक्त भएमा बीमकले बीमित लाई मृत्यु भएमा बीमाङकी रकमको ९० प्रतिशत, पूर्ण रुपमा अशक्त भएमा बीमाङक रकमको ५० प्रतिशत, पूर्ण वा स्थायी रुपमा थुनेलो भएमा बीमाङक रकमको ३० प्रतिश रकम भुक्तानि गर्दछ ।

दाबी सम्बन्धि प्रक्रिया
यस बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट बीमा गरिएको पशुधन मरेमा वा पूर्ण स्थायी रुपमा अशक्त भएमा साको कारण खुलाई बीमितले १५ दिनमा वा सो अवधि भित्र सम्भव नभएमा सोको कारण सहित सम्भव हुनासाथ बैंकं वा सदस्य मार्फत देहायका कागजातहरु बीमक समक्ष पेस गर्नु पर्नेछ ।

दाबी गर्दा सक्कल बीमालेख, पूर्ण रुपले भरिएको दाबी फाराम, सम्बन्धित प्राविधिकको प्रतिवेदन, सम्बन्धित गाविस वा नगरपालिका ,वडा वा कम्तिमा नजिकको दुईजना छिमेकी वा संधियारको सर्ज्िमन मुचुल्का समेत संलग्न गरी दाबी गर्नुपर्छ । बीमा दाबी भुक्तानि गर्दा बिमाङक कायम गर्दा लिईएको मूल्यमा नै गणना गरी दाबी भुक्तानि गर्नुपर्दछ । बीकमले एक बीमा अवधि भित्र जति पटक हानि नोक्सानि भएता पनि बीमाङक रकम भन्दा बढी भुक्तानि गर्ने छैन् ।

बीमालेख रद्द हुने अवस्थाहरु
बीमित पशुधनको सम्बन्धमा सत्य तथ्य कुरा लुकाई छिपाई झुट्टा विवरण दिएमा, बीमित पशुधन लाई बीमा अवधि समाप्त नहँुदै बिक्री गरेमा वा अन्य कुनै कारणले हक छाडि हस्तान्तरण गरेमा बीमालेख स्वत रद्द हुने छ ।

प्रस्तुती : बिजया बास्कोटा 
[‘इन्स्योरेन्स शिक्षा’ कार्यक्रम नेपाली बीमा क्षेत्रको बिकाशको लागि थालीएको एउटा नविनतम प्रयास हो, यदि तपाईहरु संग पनि इन्स्योरेन्स सम्बन्धि कुनै समाचार, लेख/रचना, बिस्लेषणहरु छन् भने हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ, [email protected]]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS