काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सका सिईओ श्रीचन्द्र भट्ट कम्पनी छोडेर ज्योति विकास बैंक जाने तयारी गरेका छन् । सो सम्बन्धमा सिईओ भट्टले ज्योति विकास बैंकमा केही चरणमा छलफल चलाईसकेका छन् ।
ज्योति विकास बैंक स्रोतका अनुसार भट्टलाई सिईओ बनाउने सम्बन्धमा सञ्चालक समितिमा सहमति भइसके पनि लिखित रुपमा भने पत्र दिइसकेको छैन । उक्त सहमति नबिथोलिएमा अबको केही दिनपछि भट्टले ज्योति विकास बैंकको सिईओ पद सम्हाल्नेछन् ।
यद्यपि भट्टले हालसम्म आईएमई लाईफ इन्स्योरेन्स कम्पनीबाट राजिनामा भने दिइसकेका छैनन् । यसअघि बैंकिङ र रेमिटेन्स क्षेत्रमा लामो समय काम गरेका भट्ट पछिल्लो पटक मेगा बैंकबाट २०७५ सालमा आईएमई लाईफमा गएका थिए ।