IME Life New

बजार खुलेको दोस्रो दिन नेप्सेमा उछाल, इण्डेक्स ७२ अंकले बढेपछि कारोबार स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लकडाउनका कारण ९६ दिनसम्म कारोबार नभई रोकिएको शेयर बजारमा खुलेको दोस्रो दिनमा उछाल आएको छ । कारोबार सुरु भएदेखि नै पटक पटक सर्किट ७२.५ अंकले नेप्से परिसूचक बढेपछि आजको लागि शेयर कारोबार स्थगित भएको छ । सोमबार कारोबार सुरु हुँदा निकै तल झरेको नेप्से आज विहानैदेखि बढ्ने क्रममा रहेको थियो । उच्च अंकले शेयर मूल्य बृद्धि हुँदा नेप्से परिसूचक ६ प्रतिशतको बृद्धि भएकोले आजको लागि शेयर कारोबार स्थगित भएको हो । मध्यान्ह १ बजे दुई घण्टामै सकारात्मक सर्किटकका कारण कारोबार स्थगित भएको हो ।

केही शेयर लगानीकर्ताहरुले लकडाउनपछि शेयर बजारमा गिरावट आउने भन्दै चिन्ता व्यक्ति गरिरहेको बेला शेयर बजारमा उछाल आएपछि लगानीकर्ताहरु आशावादी बनेका छन् ।

Esewa
Crest

मूल्यबृद्धिका कारण मंगलबार तीन पटक सर्किट लागेको छ । कारोबार सुरु भएको ४८ मिनेटमा पहिलो सर्किट लागेर २० मिनेट कारोबार रोकिएकोमा पुनः ९ मिनेटमै दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किट पछि कारोबार सुरु भएको ३ मिनेटमै छ प्रतिशतको सीमा पार गरेपछि तेस्रो पटक सर्किट लागेर आजको लागि बजार बन्द भएको हो ।

नेप्से परिसूचक १२६० पुगेको छ । अघिल्लो दिन ११८८ मा झरेको नेप्से आज उछाल मार्दै बृद्धि हुँदा १३४ वटा कम्पनीको झण्डै पाँच लाख कित्ता शेयर कारोबारबाट २२ करोड ७२ लाख १२ हजार १९४ रुपैयाँको शेयर कारोबार हुन पुगेको छ ।
यसैबीच, खुलेको दोस्रो दिन नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यमा आज पनि गिरावट आएको छ । पुनर्बीमा कम्पनीको शेयर ३८२ बाट झरेर ३४४ मा आएको छ । नकारात्मक सर्किट लागेर ३४४ मा रोकिँदा उक्त सर्किट भित्रै पनि धेरै शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS