Connect IPS
IME Life

धितोपत्र बोर्डमा पाँच वटै लगानीकर्ता संघले बुझाए लिखित प्रतिबद्धता पत्र, शेयर कारोबार छिट्टै खुल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर लगानीकर्ताको हितमा खुलेका पाँच वटा शेयर लगानीकर्ताहरुको संगठनले आज संयुक्त बैठक मार्फत लिखित रुपमा सामूहिक प्रतिबद्धता व्यक्त गर्दै नेपाल धितोपत्र बोर्डमा पुगेर शेयर बजार खोल्न आह्वान गरेका छन् । नेपाल धितोपत्र बोर्डको केन्द्रीय कार्यालयमा पाँच वटा संगठनका पदाधिकारीहरुको संयुक्त बैठक बसेर शेयर कारोबार तत्काल खोल्न माग गरेको हो । लगानीकर्ताहरुले आगामी दिनमा शेयर बजार बन्द गर्न कुनै प्रकारको दवाव नदिने र आग्रह नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् । यसलाई कतिपयले लगानीकर्ताहरु धितोपत्र बोर्ड समक्ष झकेको रुपमा समेत चर्चा गरेका छन् ।

बैठकपछि आज नेपाल धितोपत्र बोर्डमा बुझाइएको सामूहिक प्रतिबद्धता पत्रमा भनिएको छ, ‘यस सम्बन्धमा सम्बन्धित लगानीकर्तालाई सुसूचित गर्ने र अन्य सुधारका कामकारवाहीहरु क्रमशः अगाडि बढाउँदै जाने कुरामा सबै लगानीकर्ता संघ, संस्था र समुहबीच मतैक्यता भई नेपाल धितोपत्र बोर्डलाई दोस्रो बजार सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरियो । अब उप्रान्त कुनै पनि बाहनामा धितोपत्रको दोस्रो बजार बन्द नगर्ने व्यवस्था मिलाउन सबै लगानीकर्ताहरुको प्रतिबद्धता जाहेर गर्दै बोर्डले यस अवधीमा भए गरेका प्रगतिहरुलाई जानकारी गराउँदै सकेसम्म चाँडो दोस्रो बजार खुल्ला गर्न समेत अनुरोध गर्ने निर्णय भयो ।’

Prabhu
Crest

सामूहिक रुपमा छलफलपछि आगामी दिनमा जुनसुकै अवस्थामा शेयर कारोबार बन्द गर्न नेपाल धितोपत्र बोर्डलाई दवाव नदिने उनीहरुले लिखित प्रतिबद्धता जनाएका छन् । लगानीकर्ताहरुले अनावश्यक रुपमा नेपाल धितोपत्र बोर्डमा दवाव सिर्जना गर्न थालेपछि यस पटक बोर्डले लिखित रुपमा सामूहिक प्रतिबद्धता जनाउन लगाएको हो । कोरोनो महामारीका कारण शेयर कारोबार बन्द गर्नुपर्दछ भन्दै दवाव दिनेहरु नै पुनः शेयर बजार खोल्नुपर्यो भन्दै फरक फरक अभियान चलाउन थालेपछि बोर्डले नैतिकताको कसीमा बाँध्य लगानीकर्ताहरुलाई सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको बोर्ड सुत्रले जनाएको छ ।

कोरोना महामारीको कारण लकडाउन अवधीभरका लागि बन्द गरिएको बजार खोल्नुपर्ने भन्दै लगानीकर्ताहरुले दवाव दिइरहेका बेला आज सामूहिक रुपमा प्रतिबद्धता पत्र नेपाल धितोपत्र बोर्डमा बुझाइएको हो । सो प्रतिबद्धता पत्रमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजि बजार संघकी अध्यक्ष संरक्षणा चौधरी, नेपाल पुँजि बजार लगानीकर्ता सघंकी अध्यक्ष राधा पोखरेल,  शेयर लगानीकर्ता दवाव समुहका अध्यक्ष तिलक कोइराला, शेयर लगानीकर्ता दवाव समुहका सचिव गोपाल स्वामीको हस्ताक्षर छ ।

साथै उनीहरुले जतिसक्दो छिटो शेयर बजार खोल्न समेत माग गरेका छन् । धितोबोर्डका अनुसार अब छिट्टै शेयर बजार खुल्नेछ । बोर्ड सूत्रका अनुसार आज अपरान्ह १ बजेदेखि करिब दुई घण्टा लामो छलफलपछि सो सामूहिक प्रतिबद्धता पत्र जारी गरिएको हो । छलफलमा बोर्डका उच्च अधिकारी समेत थिए । बोर्डका उच्च अधिकारीसमेत बसेर भएको छलफलपछि सहमति अनुसार सामूहिक प्रतिबद्धता पत्र लागनीकर्ताहरुले बोर्डमा बुझाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS