Connect IPS
IME Life

बैंक, बीमा कम्पनीहरु अख्तियारको दायराभित्र पार्ने विधेयक स्थगित गर्ने नेकपाको निर्णय !

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाल राष्ट्रिय सभामा रहेको अख्तियार दुरुपयोग अनुसनधान आयोग ऐन २०६६ माथि संशोधन गर्न दर्ता गरिएको विधेयक सोही अवस्थामा रोक्ने नेकपाले निर्णय गरेको जनाइएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने निर्णय गरेको स्रोतलाई उध्रित गर्दै प्राप्त समाचारमा जनाइएको छ । निजि क्षेत्रबाट सञ्चालित बैंक, बीमा कम्पनी, पब्लिक कम्पनीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा राख्दै सरकारले नयाँ विधेयक अघि बढाए भन्दै व्यवसायीहरुले चर्को विरोध गर्दै आएका थिए । यसअघि सिएनआईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै विरोध जनाएका थिए । चौतर्फी विरोधपछि राष्ट्रिय सभामा आज अख्तियार सम्बन्धी विधेयकलाई कार्यसूचिबाट हटाइएको थियो ।

Prabhu
Crest

नेकपाको बैठकले सो विधेयक स्थगित गर्ने निर्णय भएको भनिए पनि औपचारिक रुपमा निर्णय भने सार्वजनिक गरिएको छैन । नेकपाको सचिवालयको आज बसेको बैठकले सात वटा कार्यसूचि तय गर्दै सकिएको छ । अर्को बैठक शुक्रबार बस्ने गरी बैठक स्थगित गरिएको पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS