Connect IPS
IME Life

असार १४ गते आइतबारदेखि शेयर बजार खोल्ने तयारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आगामी आइतबारबाट सम्भवतः शेयर कारोबार हुने भएको छ । धितोपत्र बोर्डले पाँच दिनको समयावधी दिएर बनाएको कार्यदलले आगामी शुक्रबार प्रतिवेदन दिएपछि शनिबार बैठक बसेर आइतबारदेखि शेयर कारोबार खोल्ने तयारी भइरहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

धितो बोर्डका कार्यकारी निर्देशकको नेतृत्वमा नेप्से तथा लगानीकर्ताहरुसहितको कार्यदलले अहिले काम गरिरहेको छ । उक्त कार्यदलले प्रतिवेदन बुझाएपछि मात्रै शेयर कारोबार खोल्ने तयारीमा बोर्ड छ ।

Prabhu
Crest

बोर्डका प्रबक्ता निरज गिरीले यसअघि बोर्ड बैठकमा लकडाउन पुनः हुनसक्ने भएकोले अबका दिनमा समस्याहरुको समाधान स्थायी रुपमा हल गर्ने उद्देश्यले बजार सुचारु हुन केही ढिलाई भएको बताए । शेयर बजारमा अनावश्यक दवाव दिएर बोर्डमाथि चलखेल हुन थालेपछि बोर्डले स्थायी समाधान खोज्न चाहेको बोर्डका सञ्चालकहरुको भनाई आएपछि सोमबार कार्यदल बनाउने निर्णय गरेको हो ।

नेप्से, लगानीकर्ता तथा अन्य सरोकारवाला निकायका अधिकारी सहभागी कार्यदलले आगामी दिनमा शेयर बजार जस्तोसुकै अवस्थामा पनि सञ्चालन गर्ने गरी अध्ययन भइरहेको एक सदस्यले बताए । अब बजार खुल्दा पुनः लकडाउन भएको अवस्थामा समेत कसरी सञ्चालन गर्न सकिन्छ भन्ने कोणबाट कार्यदलमा छलफल भइरहेको छ ।

सूत्रका अनुसार अन्य कुनै कुराले प्रभाव नपारेको खण्डमा कार्यदलले आगामी शुक्रबार प्रतिवेदन बुझाउने छ भने शनिबार नेपाल धितोपत्र बोर्डको बैठक बसेर बजार खोल्ने निर्णय गर्नेछ । हाल तयार गरिएको योजना अनुसार आगामी आइतबारदेखि शेयर कारोबार सुरु हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS