IME Life New

अर्थ समितिको टोली धितोपत्र बोर्डमै पुगेर गर्यो सामूहिक छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डका उच्च अधिकारी तथा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सांसदका बीचमा आज शेयर बजारबारे गहन छलफल भएको छ । शेयर बजार बन्द रहेको अवस्थामा अर्थ समितिको छ सदस्यीय टोली बोर्डमै पुगेर छलफल गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक निरज गिरीका अनुसार छलफल कार्यक्रममा धितोपत्र बजार तथा नियमन सम्बन्धमा बोर्डका उच्च अधिकारी तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालको नेतृत्वमा आधा दर्जन टोली टोलीबीच छलफल भएको हो । धितोपत्र बोर्डका अधिकारीहरु, सरोकारवाला निकायसहितको छलफलमा अर्थ समितिले बनाएको पुँजी बजार अध्ययन उपसमितिका संयोजक तथा माननीय राम कुमारी झाक्री, अर्थ समितिका सदस्य मटमणी चौधरी, प्रमिला राई, अर्थ समितिका सचिव सुरेन्द्र अर्याल, उप सचिव सिता काफले सहभागी थिए ।

Esewa
Crest

छलफल कार्यक्रममा बोर्डका उप कार्यकारी निर्देशक डा. नबराज अधिकारीले हालको धितोपत्र बजारको अवस्था, बजार बन्द गर्नुपरेको कारणहरु, बोर्डका भावी कार्यक्रम तथा प्राथमिकता आदिका वारेमा प्रष्ट पारेका थिए । छलफलमा धितोपत्रको दोस्रो बजारको अनलाइन कारोबारका लागि प्रयोग हुने प्रविधि र हाल दोस्रो बजार बन्द भएको विषयमा समेत छलफल भएको बोर्डले जनाएको छ । त्यस्तै, दोस्रो बजारमा हुने सूचना सम्प्रेषण, लगानीकर्ताका संघ संस्थाको गतिविधिका बारेमा चासो राख्दै लगानीकर्ता संघ तथा आर्थिक पत्रकारलाई आवश्यक परे अन्य नियमन निकायसँग समेत समन्वय गर्दै आचारसहिंता लागू गर्नपर्ने, नेपालको पँुजी बजारलाई भरपर्दो र विश्वसनीय बनाउनुपर्ने, बोर्डको संस्थागत एवं नियमन क्षमता सुदृढ गरी बोर्डलाई सबल र शसक्त नियमन निकायको रुपमा विकास गर्न प्रयास गर्नुपर्ने विषय उठेको छ ।
अर्थ समितिका सभापति माननीय दाहालले नेपालको वित्तीय प्रणालीमा पँुजी बजार र यसको नियमन निकाय बोर्डको भूमिका अत्यन्त महत्वपूर्ण भएको हुनाले यसको विश्वसनीय एवं दिगो विकासका लागि कटिबद्ध भएर लाग्नुपर्ने धारणा राखेको बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पुँजी बजारको विकासका लागि बोर्डले विगतमा विभिन्न उल्लेखनिय कार्यहरु गर्दै आएको र लकडाउन अवधिमा दोस्रो बजार सञ्चालनका लागि इडिसको व्यवस्था तथा ब्रोकरले पुँजीगत लाभ कर म्यानुअली सिस्टममा भर्नुपर्ने व्यवस्थाको अन्त्य गर्नुका साथै बजार सञ्चालन लगायका कार्यका लागि नेप्से, सिडिएससी लगायतका संस्थालाई आवश्यक तयारी गर्न निर्देशन दिइएको जानकारी संसदीय समितिलाई गराएका थिए ।

छलफलमा धितोपत्र बोर्डका अध्यक्ष अध्यक्ष ढुंगानाले हाल दोस्रो बजारका चुनौतिहरुका बारेमा चर्चा गर्दै पँुजी बजारको दिगो विकासको लागि बोर्ड, नेप्से, सिडिएससीको संरचनात्मक सुधार गर्नुपर्ने, नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउनुपर्ने, धितोपत्र बजार सञ्चालन र बोर्ड सञ्चालनका लागि छुट्टाछुट्टै ऐन तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको जानकारी संसदीय समितिलाई गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS