IME Life New

पुँजिगत लाभकरलाई अन्तिम करको रुपमा गणना गर्न राजश्व विभागको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बिक्री बापत सरकारलाई तिरेको पुँजिगत लाभकर अन्तिम करको रुपमा गणना हुने भएको छ । यही असार ५ गते आन्तरिक राजश्व विभागले मातहतका सबै निकायलाई परिपत्र गर्दै शेयर लगानीकर्ता (प्राकृतिक व्यक्तिको हकमा) ले शेयर कारोबारबापत तिरेको पुँजिगत लाभकरलाई अन्तिम करको रुपमा गणना गर्न परिपत्र गरेसँगै लगानीकर्ताको एउटा समस्या हल भएको छ ।

लगानीकर्ताहरुले लकडाउनका कारण बन्द भएको बजार खुल्नुअघि शेयर धितोमा कर्जा प्रवाह गर्दा बजार मूल्यको कम्तीमा ७५ प्रतिशत ऋण दिनुपर्ने र करको समस्या हल गर्नुपर्ने माग गरेका थिए । लगानीकर्ताको मुख्य दुई माग माध्ये एउटा माग पुरा भएको हो ।

Esewa
Crest

विभागले नेपाल धितोपत्र बोर्डलाई पठाएको पत्रमा भनिएको छ, ‘धितोपत्रको कारोबारमा हुने पुँजीगत लाभको अग्रिम कर असुलीको विवरण तथा कर विद्युतीय प्रणालीमार्फत् दाखिला भएको अवस्थामा सम्बन्धित लाभग्राही प्राकृतिक व्यक्तिले आफूलाई पायकपर्ने आन्तरिक राजश्व कार्यालय वा करदाता कार्यालयबाट करचुक्ता प्रमाणपत्र लिन सक्ने’ भन्ने व्यहोराको पत्राचार गरेको हो । कर कार्यालयहरुले यसअघि पुँजिगत लाभकर तिरेर आर्जित गरेको आयमाथि पनि थप आयकर लगाउने प्रयास गरेका थिए । यससँगै पुँजिगत लाभकरको समस्या हल भएको छ ।

नेपाल धितोपत्र बोर्डले केही दिन पहिले अर्थमन्त्रालयमार्फत पुँजिगत लाभकरलाई अन्तिम करको रुपमा गणना गर्न पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS