Connect IPS
IME Life

असार १० गते देखि आउने एनआईसी एशिया लघुवित्तको आईपीओको बारेमा सम्पूर्ण जानकारी, कति कित्ता पर्ला ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रति कित्ता एक सयको दरले एनआईसी एशिया लघुवित्तले यही असार १० गते देखि ४७ लाख ५५ हजार कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दै छ । कम्पनीले ४७ करोड ५५ लाख बाराबराको साधारण शेयर निस्काशन गर्दै छ ।

उक्त ४७ लाख ५५ हजार कित्ता मध्य शुन्य दशमलव ५ प्रतिशत अर्थात् ७४,००० कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ। अब सर्वसाधारणहरुलाई  ४४ लाख ४३ हजार २०० कित्ता शेयर निष्काशन गरिएको छ। लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन्।

Prabhu
Crest

आवेदन दिने समय :
आईपीओ असार १० गते देखि असार १४ गते सम्म खुल्ने छ । असार १४ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन। यदी असार १४ गते सम्मपनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा असार २४ गते सम्म समय थपिने छ।

कम्पनीको बारेमा :
एनआईसी एशिया लघुवित्त रास्ट्रिय स्तरको “घ” वर्गको वित्तिय सस्थाको हैसियतले २०७४ साल पौष ०५ गते देखि कारोवार संचालनमा आएको छ।  २०७४ साल मंसिर ५ गते नेपाल राष्ट्र बैंकले वित्तीय कारोवार गर्न स्वीकृत दिएको थियो ।

प्रधान कार्यालय :
यस लघुवित्तको प्रधान कार्यालय भेरी- ४, खलंगा , जाजरकोट रहेको छ।

पुँजीको अवस्था :
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ लाख रहेको र ४७ करोड ५५ लाख बराबरको साधारणशेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ४८ करोड हुन्छ। आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ६७ दशमलव ८७ प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३२ दशमलव १३ प्रतिशत हुने छ।

सस्थापक शेयरको बारेमा जानकारी :
यस कम्पनीमा हाल सम्म शत प्रतिशत सस्थापक शेयर एनआईसी एशिया बैंकको रहेको छ । एनआईसी एशिया बैंकको यस लघुवित्तमा १ करोड ४५ हजार कित्ता सस्थापक शेयर रहेको छ।

संचालकको जानकारी :
संचालक समितिको अध्यक्षमा कपिल ढकाल छन् । ढकाल एनआईसी एशिया बैंकमा कार्यरत् छन्। त्यस्तै संचालक समिति सदस्यमा विशाल सिग्देल, दिनेश भारी, प्रकाश बराल, र राजु प्रसाद अधिकारी छन् ।

व्यवस्थापाक :
लघुवित्तका प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद शर्मा छन्।

वित्तिय विवरण :
आर्थिक वर्ष ७५/७६ को तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी २८ रुपैयाँ ७९ पैसा रेहको छ भने किताबी मूल्य ११० रुपैयाँ ४३ पैसा रहेको छ। आर्थिक वर्ष ७४/७५मा कम्पनीको प्रति शेयर आम्दानी ऋणात्मक थियो किताबी मूल्य पनि एक सय मुनी थियो। प्रक्षपित तथ्यांक अनुसार आर्थिक वर्ष ७६/७७मा प्रति शेयर आम्दानी २३ रुपैयाँ ७६ पैसा र किताबी मूल्य ११३ रुपैयाँ ८० पैसा हुन्छ।

कम्पनीले गरेको प्रक्षेपित वासलात अनुसार यस आईपीओ पश्चात कम्पनीले आर्थिक वर्ष ७८/७९ सम्म पुँजी वृद्धि देखाएको छैन । प्रक्षेपित नाफा नोक्सान हिसाबलाई आधर मान्दा आर्थिक वर्ष ७८/७९ सम्म ८२ रुपैयाँ ९९ पैसा प्रति शेयर आम्दानी पुगाउने लक्ष्य राखेको छ।

कति शेयर पर्ला :
एनआईसी एशियाले निकै ठुलो परिमाणमा साधारण शेयर निस्काशन गरेको छ। लघुवित्तको आईपीओ भर्दा भर्दा पनि नपरेर दिक्क भएका  लगानीकर्तालाई भने अहिले लघुवित्तको आईपीओ पर्ने  एउटा राम्रो सम्भावना भएको छ।

यस अघि नेपाल पुनर्बीमा कम्पनीको आईपीओ आएको थियो । सो आईपीओमा  ३ लाख ९० हजार ६ सय ३८ जना आवेदकले आईपीओमा शेयर पारेका थिए। अहिले एनआईसी एशिया लघुवित्तले सर्वसाधाणलाई ४४ लाख ४३ हजार २०० कित्ता शेयर निस्काशन गरेकोमा मानौ यदी नेपाल पुनर्बीमा कम्पनीकै जतिआवेदक परे भने सबैले १० कित्ता शेयर पाउने छन् भने केही लगानीकर्ताले २० कित्ता पाउने सम्भावना छ।  त्यसैले पुनर्बीमाकै आवेदक संख्यालाई आधार मान्द २० कित्ता आवेदन दिँदा उत्तम हुने देखिन्छ।

कति आवेदक हुँदासम्म १० कित्ता सबैलाई ?

४ लाख ४४ हजार ३ सय २० लगानीकर्ताले आवेदन दिँदासम्म सबैलाई १० कित्ता शेयर प्राप्त हुने छ । अहिलेको आईपीओमा १० कित्ता सबैलाई पर्ने सम्भावना धेरै देखिएको छ । यदी कोरोना भाइरसको संक्रमणले गर्दा धेरैले आवेदन दिन नपाएको अवस्थामा धेरै शेयर पर्ने सम्भावना छ। त्यसैले आवेदकको संख्यालाई मध्येनजर गर्दै आवेदन दिँदा ठीक हुने छ।

नोट : माथि गरिएको विश्लेषण प्राप्त तथ्यांक अनुसार गरिएको हो । शेयर आवेदन दिँदा थप अनुसन्धान गर्नु होला।  

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS