IME Life

बीमक संघद्वारा मोटर बीमा शुल्क छुट दिँदा मापदण्ड लागू गर्ने निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमक संघले बीमा समितिको निर्देशन बमोजिम मोटर बीमामा छुट दिन मापदण्ड लागू गर्ने निर्णय गरेको छ । यस्तो निर्णयसँगै सबै कम्पनीले समान रुपमा छुट हिसाब गर्नेछन् । बीमा समितिले दिएको निर्देशन बमोजिमको छुट पाउँदा सेवाग्राहीको सजिलोको लागि यस्तो मापदण्ड लागू गरिएको हो ।

बीमक संघको गत सोमबार बसेको बैठकले मोटर बीमामा छुट दिँदा सबै कम्पनीहरुका बीचमा एक रुपता कायम गर्न यस्तो निर्णय गरिएको संघका सचिव तथा प्रबक्ता चंकी क्षेत्रीले बताए । संघले कूल ८३ दिन अवधीको मोटर बीमा शुल्कमा दुई तिहाई बीमा शुल्क छुट दिने प्रक्रियामा एक रुपता ल्याउन यस्तो निर्णय गरिएको हो । बीमक संघले लकडाउन अवधीमा ल्याप्स भाएको पोलिसी सुरु देखि नै नविकरण नगरी खुलेको मितिमा नविकरण गर्न चाहेमा आगामी वर्ष ८३ दिन बराबरको छुट दिने संघले आफ्नो मापदण्डमा समावेश गरेको छ । ल्याप्स भएको बीमा पोलिसी यस वर्षमै बीमा पुरानै मितिमा नविकरण गर्दा दोेहोरो शुल्कको दवाव सेवाग्राहीलाई नपरोस भन्ने उद्देश्यले यस्तो छुट दिने निर्णय गरिएको हो । संघका अनुसार सबै मोटर बीमामा १५.१६ प्रतिशत छुट दिने निर्णय भएको छ ।

Prabhu
Crest

बीमक संघका एक सदस्यले भने, ‘स्टाण्डर्ड अपरेशन प्रोस्युडुअर’ बनाएर लागू गर्ने निर्णय भएको बताए । साथै ति सदस्यले उक्त एसओपीको सुक्ष्म अनुगमन गर्नुपर्ने समेत बताएका छन् । बीमा कम्पनीहरुले उल्लेखित भन्दा बढि छुट दिएर अस्वस्थ प्रतिस्पर्धा चल्न सक्ने भन्दै संघले बनाएको मापदण्डको सुक्ष्म अनुगमन हुनुपर्ने बताएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS