IME Life New

फ्रन्ट लाईनमा काम गर्नेहरुको एक करोडको बीमा गर्न कांग्रेसको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीमा फ्रन्ट लाईनमा बसेर काम गर्नेहरुको एक करोडको कोरोना बीमा गर्नुपर्ने माग अघि सारेको छ । हिजो ७७ वटै जिल्ला सभापतिहरुले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बुझाएको ज्ञापन पत्रमा फ्रन्ट लाईनमा काम गर्नेहरुको एक करोडको निशुल्क बीमा गर्नुपर्ने माग अघि सारेको हो । निःशुल्क भन्नुको अर्थ एक करोड रुपैयाँको बीमाको शुल्क सरकारले व्यहोर्नुपर्ने भन्ने रहेको काठमाडौं जिल्ला सभापति सबुज बानियाँले बताए ।

हिजो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नाममा बुझाइएको ज्ञापन पत्रमा फ्रन्ट लाईनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको एक कराडको बीमा गर्नुपर्ने माग गरिएको छ । नेपाली कांग्रेसले लकडाउन खुकुलो हुँदा फ्रन्ट लाईनमा बसेर काम गर्नेहरु तीन पेशाकर्मीहरु मुख्य जोखिममा रहेको भन्दै यस्तो माग गरेको काठमाडौंका सभापति बानियाँले बताए ।

Esewa
Crest

नेपाली कांग्रेसले बुझाएको ज्ञापन पत्रमा कोरोना महामारीमा पनि कमाउने दाऊ खोज्ने, घुसखोरी, नाफाखोरीहरु सक्रिय भएको, सरकार भ्रष्टाचारमा लिप्त भएको, महामारीको समयमा पनि पार्टीका कार्यकर्ता पाल्न सीमित भएको र जनताहरुको समस्याप्रति सरकार उदासिन भएकोले विरोध स्वरुप देशैभरिका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोध पत्र बुझाइएको नेपाली कांग्रेसका प्रबक्ता विश्व प्रकाश शर्माले जनाएका छन् ।

कांग्रेसले न्यायपूर्ण तरिकाले राहत वितरण हुनुपर्ने, शैक्षिक संस्था, औद्योगिक क्षेत्र, होटल व्यवसाय, सम्पूर्ण आर्थिक क्षेत्रको पुनरुत्थानको लागि विशेष कार्ययोजनासहित राहत प्याकेज घोषणा गर्नुपर्ने, क्वारेन्टाइनको सुधार गर्नुपर्ने, पीसीआर परीक्षण बढाउनुपर्ने माग अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS