काठमाडौं । आज प्रदेश नं १ सरकारले त्यहाँको संसदमा बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ४० अर्ब ८९ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
प्रदेश नं १ सरकारले प्रस्तुत गरेको बजेटमा बीमा समेटिएको छ । बजेटको बुँदा नं १२ मा सो प्रदेशभित्र जीवन बीमा तथा निर्जिवन बीमाको कारोबार बृद्धि हुँदै गएको उल्लेख छ ।
त्यस्तै बुँदा नं १३२ मा बीमा गर्न प्रोत्साहन गरिने उल्लेख छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले पेश गरेको बजेटमा जनतालाई राहत दिन बीमामा प्रोत्साहन गरिने उल्लेख गरेका छन् । सो बुँदामा भनिएको छ, ‘स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उत्पादनमूलक र छिटो प्रतिफल प्राप्त गर्न सकिने उद्यमहरुलाई प्राथमिकतामा राखी प्रोत्साहन गरिने छ । यस्ता उद्यमहरुको विकास, विस्तार तथा प्रबद्र्धन गर्न उपयुक्त नीति, नियम, प्रदेशको औद्योगिक उत्पादनको पहिचान चिन्ह निर्माण र बीमा जस्ता प्रावधानबाट प्रोत्साहन गरिनेछ’ ।