IME Life

चैत्र ११ गतेदेखि जारी लकडाउन सकियो कि बाँकी छ ? आजदेखि लकडाउनको अवस्था के छ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले २०७६ साल बैशाख १० गतेको निर्णय अनुसार चैत्र ११ गते विहान ६ः०० बजेदेखि जारी गरेको लकडाउन आज असार १ गते विहान १२ः०० बजेपछि आजबाट औपचारिक रुपमा सकियो वा बाँकी छ ? अवस्था के हो ? प्रश्न उठेको छ । सरकारले बन्दाबन्दी भने कायमै राखेको छ ।

सरकारले लकडाउनको मोडालिटी फेरेर उच्च स्तरीय समन्वय समितिमार्फत जारी निर्देशिकामार्फत लकडाउनलाई कायम राखेको छ । अधिवक्ता धनन्जय खनालका अनुसार गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उच्च स्तरीय समन्वय समितिले पेश गरेको लकडाउन सम्बन्धी निर्देशिका स्वीकृत गरेको थियो । सोही निर्देशिका बमोजिम अब लकडाउने कायम छ ।

Prabhu
Crest

सो निर्देशिका अनुसार आगामी असार १७ गतेसम्म लकडाउन जारी रहनेछ । सरकारका प्रबक्ता तथा सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले गत बिहिबार पत्रकार सम्मेलनमार्फत आगामी २१ दिनसम्म जोर बिजोर प्रणालीबाट सवारी साधन चलाउने र दैनिक दुई सिफ्टमा सरकारी कार्यालय सञ्चालन हुने जानकारी दिएका थिएका थिए । सो आधारमा २१ दिन थप्दा असार १७ गतेसम्म कायम हुन आउँछ । यद्यपि १७ गतेसम्म लकडाउन भन्ने निर्णय सरकारले औपचारिक रुपमा घोषणा गरेको मिति भने होइन । सधैं यति मितिदेखि यति मितिसम्म भनेर लकडाउन घोषणा गर्दै आएकोमा यस पटक सर्वसाधारण कुन मितिसम्म हो अन्योलमा परेका छन् ।

सरकारले अर्को लकडाउन घोषणा नगर्दा आज विहानदेखि देश लकडाउन सकिएको हो कि ? भन्ने चर्चा चलेको छ । २०७७ जेठ १७ गते शनिबार बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार हिजो जेठ ३२ गते राति १२ बजेसम्मको लागि लकडाउन कायम थियो । त्यसउता, लकडाउन थप्ने सम्बन्धमा कुनै निर्णय गरिएको छैन । अब आजबाट प्रश्न उठेको छ, चैत्र ११ गतेदेखि जारी लकडाउन सकिएको हो वा बाँकी छ ? लकडाउन सकिएको हो भने कुन कानुनको आधारमा एक जिल्लाबाट अर्को जिल्लामा जान रोकिएको हो ? कुन आधारमा सार्वजनिक सवारी साधन रोकिएको हो ?

प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्च स्तरीय समितिका सदस्य सचिव नारायण प्रसाद बिडाँरीले बन्दाबन्दी कायम रहेको बताए । उनले भने, ‘अहिले पनि बन्दाबन्दी कायम छ, केही परिस्कृत गरिएको हो । संक्रमणको विश्लेषण गरेर जोखिमको अवस्था हेरेर कुनै पनि बेला थप कडाई हुनसक्छ ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS