काठमाडौं । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले जारी लकडाउनकै बीचमा कम जोखिम भएका क्षेत्रहरुमा पसलहरु निर्वाध रुपमा खोल्न दिने निर्णय गरेको छ भने यस वर्षको एसईई परिक्षा नलिने निर्णय गरेको छ । एसईई परिक्षाको आवेदन भरेका सबैलाई विद्यालयले आन्तरिक रुपमा मूल्याङ्कनको आधारमा उत्तिण प्रमाणपत्र दिने निर्णय समेत गरेको जनाइएकोछ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरुको विस्तृत विवरण बिहिवार सार्वजनिक गर्ने जनाइएको छ । मन्त्रिपरिषदको बैठक केहीबेर अघि मात्रै सम्पन्न भएकोले बिहिवार मात्रै विस्तृत विवरण सार्वजनिक गर्ने नेपाल सरकारका प्रबक्ताको सचिवालयले जनाएको छ ।