IME Life

बाँकेमा बस दुर्घटना, १२ को मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतबाट नेपाल फर्केकाहरुलाई उद्धार गरेर दाङतर्फ लैजादै गरेको एक मिनि बस गएराति बाँकेमा एक बस दुर्घटनाग्रस्त हुँदा १२ जनाको मृत्यु भएको छ भने थप छ जनाको अवस्था गम्भिर छ । नेपालगन्जस्थित सीमा क्षेत्रबाट नेपालीहरु लिएर दाङतर्फ जाने क्रममा रहेको ना५ख ५९९५ नम्वरको मिनि बस महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा दुर्घटनाग्रस्त भएको हो । घट्नामा २० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

११ जनाको घटनास्थलमै र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अत्याधिक गतिमा रहेको बस सडक किनारामा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना परेको हो । मृतक ११ पुरुष र एक महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन । घटनामा बीमा दावी ठूलै रकम पर्ने देखिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS