IME Life New

जीवन बीमा कम्पनीहरुको नौ महिनाको व्यवस्थापन खर्च ६ अर्ब नजिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रोे त्रैमासको अन्त्यसम्मा ५ अर्ब ९३ करोड रुपैयाँ व्यवस्थापन खर्च गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार कम्पनीहरुले उक्त रकम बराबरको व्यवस्थापन खर्च गरेको वित्तीय विवरणमा उल्लेख गरेका छन् ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासम्ममा सबैभन्दा धेरै व्यवस्थापन खर्च गर्ने कम्पनी नेपाल लाइफ, युनियन लाइफ, लाइफ इन्स्योरेन्स कर्पोशन ,नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । नेपाल लाइफले चैत मसान्तसम्ममा ८५ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ । दोस्रोमा नयाँ जीवन बीमा कम्पनी युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा ५३ करोड ३९ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

Esewa
Crest

समिक्षा अवधिमा नेशनल लाइफले ४९ करोड ६३ लाख रुपैयाँ, लाइफ इन्स्योरेनस कर्पोशन (नेपाल)ले ४७ करोड ९१ लाख रुपैयाँ, प्राइम लाइफले ३० करोड ११ लाख रुपैयाँ, एशियन लाइफले ३९ करोड ४७ लाख रुपैयाँ, रिलायन्स लाइफले २६ करोड १३ लाख रुपैयाँ, मेट लाइफले ३४ करोड ४५ लाख रुपैयाँ र सूर्या लाइफले २८ करोड १ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेका छन्।

त्यस्तै, सिटिजन लाइफले २८ करोड १ लाख रुपैयाँ, ज्योति लाइफले २५ करोड ९० लाख रुपैयाँ, गुराँस लाइफले २० करोड ६४ लाख रुपैया, सन नेपाल लाइफले १९ करोड ६५ लाख रुपैयाँ रिलायबल लाइफले १९ करोड ४९ लाख रुपैयाँ, प्रभु लाइफले १६ करोड ७१ लाख रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले १ करोड ३३ लाख रुपैयाँ, महालक्ष्मी लाइफले १४ करोड ३१ लाख रुपैयाँ र सानिमा लाइफले १३ करोड ६१ लाख रुपैयाँ र व्यवस्थापन खर्च गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS