IME Life New

बजेटबारे बीमा क्षेत्रको मिश्रित प्रतिक्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७।०७८ का लागि घोषणा गरेको बजेटप्रति बीमा क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् । बीमा शब्द कृषि पछि सबैभन्दा धेरै ठाउँमा आएको भएपनि कोरोना महामारीमा विशेष राहत वा सुविधा घोषणा नगरिएकोले बीमा क्षेत्रका लागि औषत बजेट भएको बीमा क्षेत्रले प्रतिक्रिया जनाएको छ । निर्जिवन बीमा क्षेत्रमा धेरै सम्भावनाहरु बढेको भएपनि जीवन बीमाको क्षेत्रलाई कोरोना महामारीमा कुनै राहत तथा सम्बोधन गर्न सकेन । निर्जिवन बीमा क्षेत्रलाई सरकारले कृषि, कोरोना बीमा, बीमा शुल्क अनुदान दिने घोषणा गरेपनि जीवन बीमा क्षेत्रमा ४० प्रतिशत बीमाको पहुँच पुर्याउने लक्ष्य बाहेक कुनै सुविधा छैन ।

नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीले बजेट कार्यान्वयको पाटो हेरेर मात्रै राम्रो नराम्रो भन्न सकिने प्रतिक्रिया दिएका छन् । सरकारले कोरोना बीमालाई व्यापक बनाउने निर्णय गरेकोमा खुशी व्यक्त गर्दै उनले उधारोमा बाली बीमा गर्ने घोषणाले बीमा कम्पनीहरुलाई झन्झट हुनसक्ने बताए । उनले भने, ‘उधारोमा बीमा गरेपछि बाली उठाएपछि बीमा शुल्क भुक्तानी नगरेमा त्यसको जिम्मा कसले लिन्छ ?’

Esewa
Crest

त्यस्तै, जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डे बजेटले जीवन बीमालाई सम्बोधन नगरेको गुनासो गरेका छन् । उनले भने, ‘ननलाईफको पाटोमा धेरै नै व्यवस्था गरिएको छ, लाईफ इन्स्योरेन्सको पक्षमा बजेटले खासै केही दिएन । लघु बीमाको भ्याट छुट राम्रो हो । बीमाको पहुँच बृद्धिलाई राज्यले सम्बोधन गर्यो, यो खुशीको कुरा हो । हामीले भनेका कुराहरु बजेटमा समेटिएका छैनन् । बजेट बुकको अध्ययनपछि विस्तृतमा प्रतिक्रिया दिन सकिन्छ । गत वर्षको तुलनामा र समग्रमा बीमा क्षेत्रलाई राज्यले उच्च प्राथमिकता दिएको छ, यो राम्रो पक्ष हो ।’

नेपाल लाईफ इन्स्योरेन्सका सिईओ विवेक झाले सरकारले बीमालाई उच्च प्राथमिकतामा राखेको भएपनि समग्रमा बीमा क्षेत्रलाई माथि उकास्ने रणनीति अभाव देखिएको भन्दै आगामी दिनमा सरकारले अझै प्राथमिकता दिने बताए । उनले भने, ‘बीमा क्षेत्रलाई हेर्दा, बीमा र स्वास्थ्यमा ध्यान केन्द्रीत भएको पाइयो । स्वास्थ्य बीमाको दायरामा बढाउने कुरा । कृषि बीमामा फोकस देखियो । कोरोना बीमामा सरकारले प्राथमिकता दिएको पाइयो । सिंगो बीमा क्षेत्रको दायरा बृद्धिको लागि केही सम्बोधन हुन्छ कि जस्तो लागेको थियो । आगामी दिनमा होला भन्ने आशा गरेका छौं । अहिलेको संरचनाले मात्रै ४० प्रतिशत लक्ष्य पुग्दैन । उच्च लक्ष्य पूरा गर्न हामी सरकारसँग मिलेर सहकार्य गर्न तयार छौं । मर्जरका कुराहरु पनि आएका छन् । त्यो स्वागतयोग्य नै छ ।’

त्यस्तै, अजोड इन्स्योरेन्सका सिईओ कुमार बहादुर खत्री आगामी बर्षको बजेट सन्तोषजनक नै भएको बताए । उनले भने, ‘बजेटमा केहि कुराहरु सम्बोधन भएको छ । स्वास्थ्य बीमा र कोरोना बीमालाई बिशेष रुपमा सहायता गरेको देखिएको छ । कतिपय कुराहरुलाई समट्न नसकेको हो कि जस्तो पनि देखिएको छ । तर सरकारी सम्पतीको बीमा, घर बीमा अनिवार्यलाई सरकारलाई बजेटमा समावेश गरको पाइएको छैन ।’

यसैबीच, आज घोषणा गरिएको नयाँ बजेटमा पुनर्बीमा व्यवसायबारे एक शब्द पनि उल्लेख गरिएको छैन । तर, यसअघि संसदमा सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले पुनर्बीमा कम्पनीलाई पसल मात्रै खोलेर बस्ने नभई व्यापार गर्न समेत आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS