काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि सबै राष्ट्र सेवक कर्मचारीहरुको कोरोना बीमा निशुल्क रुपमा गरिदिने घोषणा गरेको छ । यसबाट स्थायी रुपमा कार्यरत झण्डै छ लाख र अस्थायी तथा करार समेत गरी करिब सात लाख राष्ट्र सेवक कर्मचारीहरुले राहत पाउने भएका छन् ।
यस योजनामा राष्ट्र सेवकको रुपमा हाल कार्यरत रहेका अस्थायी, करारसहितका सबै राष्ट्र सेवक कर्मचारीको एक लाखको कोरोना बीमा सरकारले व्यहोर्ने बजेटमा व्यवस्था गरिएको छ ।