Connect IPS
IME Life

आज मात्रै १५६ जनामा कोरोना, कूल संक्रमितको संख्या १०४२ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहिवार विहानदेखि अपरान्हसम्म गरिएको कोरोना भाइरस सम्बन्धी पिसिआर परिक्षणको क्रममा १५६ जनामा कोरोना भाइरस पुष्टि भएको जनाएको छ । यससँगै कूल संक्रमितको संख्या १०४२ पुगेको छ । मन्त्रालयले ललितपुर महानगरपालिका २२ नं वडाका ५६ बर्षिय पुरुषको किष्ट अस्पतालमा भर्ना भएर आईसियुमा उपचार हुँदा हुँदै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार देशका कूल ५१ जिल्लामा संक्रमण फैलिएको जनाएको छ । आज पुष्टि भएकाहरुमा धरानमा गरिएको परिक्षणको क्रममा २ जना पोजेटिभ देखिएका छन् । कोशी अस्पताल २५ जनाको कोरोना पुष्टि भएको छ । उनीहरु सबै झापाका १६ देखि ४२ वर्ष उमेरका पुरुषहरु रहेको जनाइएको छ ।

Prabhu
Crest

त्यस्तै, चितवनको भरपुर अस्पतालमा गरिएको परिक्षणको क्रममा एक जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणको क्रममा ७७ जनाको पोजेटिभ आएको छ । उनीहरु धुनषाका २९ जना, महोत्तरीका १७ जना छन्, रौतहटका तीन जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिराहाका ६ जना, दोलखाका २ जना, सोलुखुम्वुका १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, सुर्खेतमा गरिएको परिक्षणमा २३ जनामा पोजेटिभ देखिएको छ । सो मध्ये हिमाली जिल्ला बझाङका एक जना छन् । त्यस्तै, दैलेखका ८ जनाको सुर्खेतमा प्राविधिक अस्पतालमा परिक्षणको क्रममा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, पोखरामा गरिएको परिक्षणमा ३ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु सबै जना स्याङ्जाका छन् । सेती अस्पतालमा गरिएको परिक्षणमा थप ३ जनामा पुष्टि भएको छ । हेटौडामा गरिएको परिक्षणमा एक जनामा पोजेटिभ देखिएको छ, ति व्यक्ति हेटौडाकै हुन् । भेरी अञ्चल अस्पतालमा गरिएको परिक्षणमा बर्दियाका ३ जना र बाँकेका १ जना सहित चार जनामा कोरोना पुष्टि भएको छ भने धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा १७ जना रौतहटका मानिसहरुको कोरोना पोजेटिभ आएको छ ।

कोरोना भाइरस पत्ता लगाउने वैज्ञानिक विधि पिसिआर परिक्षणको दायरा फराकिलो बनाउन नसक्दा कोरोना भाइरस भित्रभित्रै भुसको आगो झै फैलिने जोखिम बढेको छ । सरकारले हालसम्म जम्मा ६० हजार ६९६ जनाको मात्रै कोरोना परिक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकाश देवकोटाले हालसम्म १८७ निको भएर घर फर्केको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS