Connect IPS
IME Life

राजधानीस्थित किष्ट अस्पतालमा कोरोनाबाट एक जनाको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजधानीको ललितपुरस्थित किष्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । राजधानी उपत्यकाभित्र कोरोना भाइरसबाट पहिलो पटक मानिसको मृत्यु भएको हो । ३० लाखभन्दा बढि मानिसको बसोबास रहेको काठमाडौं उपत्यकामा कोरोना भाइरसले मानिसको मृत्यु भएसँगै सर्वसाधारणहरु आतंकित हुन पुगेका छन् ।

ललितपुर महानगरपालिका वडा नं २२ बुङ्मति निवासी ५७ बर्षिय पुरुषको कोरोनाकै कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयले भने कोरोना भएको पुष्टि गर्न बाँकी छ ।

Prabhu
Crest

यही जेठ ११ गते मदिराको कारण कलेजोमा खरावी भएको भन्दै पाटन अस्पतालबाट किष्टको आईसियुमा रिफर गरिएका ति व्यक्तिको आजै कोरोना पुष्टि भएको हो भने आजै मृत्यु भएको छ । उनको आज साँझ मृत्यु भएको किष्ट अस्पतालले जनाएको छ । उनको शव किष्ट अस्पतालको शवगृहमा राखिएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । जेठ ११ गतेदेखि आईसियुमा राखेर उपचार गर्दा पनि निको हुनुको साटो भेन्टिलेटर हुँदै अन्ततः आज अपरान्ह मृत्यु भएको अस्पतालले स्रोतले जनाएको छ ।

आज कोरोनाबाट सबैभन्दा धेरै व्यक्ति संक्रमित भेटिएको रिपोर्ट आएको छ । बुधबार एकै दिन १२९ जना व्यक्तिमा कोरोनो पुष्टि भएको छ भने कूल संक्रमितको संख्या ९०१ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS